Logo

२०८३, आश्विन १०गते


images
images

सिमा नाकामा गोली चल्याे, एक युवकको मृत्यु, स्थिती तनावग्रस्त

सिमा नाकामा गोली चल्याे, एक युवकको मृत्यु, स्थिती तनावग्रस्त

images
  • सेतोमसी सहकर्मी
  • सिमा नाकामा गोली चल्याे, एक युवकको मृत्यु, स्थिती तनावग्रस्त
    images
    images

    नन्दु यादव, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता स्थीत भारतीयय सिमावर्ती नाकामा गोली चल्दा एक युवकको मृत्यु भएको छ । सशस्त्र प्रहरीले चलाएको गोली लागेर प्रतापपुर गाँउपालिका वडा नम्बर ६ कठहवाका २२ वर्षीय अविनाश रायको मृत्यु भएको हो ।

    images
    images
    images

    प्रहरीको गोली लागेर गम्भिर घाइते भएका उनको स्थानिय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल लाँदै गर्दा बाटोमा मृत्यु भएको बताईएकाे छ  । बुधबार बिहान तिन चार/जना युवक सुस्ता ५ को वनकट्टि नाकाबाट नेपाल तर्फ प्रवेश गर्ने क्रममा सिमामा खटिएका सशस्त्र प्रहरीसँग विवाद भएको थियो ।

    images
    images
    images

    विवाद पछि आक्रोशित युवाहरुले गाँउका मानिसहरु एकै पटक आई ढुंगा मुढा गर्न थालेपछि स्थीतिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको सशस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी उपरिक्षक महेस अधिकारीले बताए । झडपमा एकजना सशस्त्र प्रहरीका पनि घाइते रहेकाे बताईएकाे छ ।

    images
    images
    images

    अहिले त्यस क्षेत्रमा तनावपुर्ण अवस्था रहेकाे छ भने बाक्लाे सुरक्षाकर्मीहरु तैनाथ गरिएकाे छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।