Logo

२०८३, आश्विन ९गते


images
images

हालसम्मकै सबैभन्दा महँगो भयो अमेरिकी डलर

हालसम्मकै सबैभन्दा महँगो भयो अमेरिकी डलर

images
  • हालसम्मकै सबैभन्दा महँगो भयो अमेरिकी डलर
    images
    images

    काठमाडौं । अमेरिकी डलरको भाउ लगातार बढ्दो क्रममा देखिएको छ। पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ। 
    डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ।

    images
    images
    images


    अर्थात भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर। भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो।

    images
    images
    images

    पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरीरहेको वैदेशीक लगानीको कारण भारू कमजोर भइरहेको हो।
    डलरको ग्राफ उकालो लाग्दै गर्दा हरेक दिन नेपाली रूपैयाँ कमजोर हुँदै गएको छ। नेपालमा मात्र होइन विश्व बजारमा डलर बलियो हुँदै गएको छ। डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ।

    images
    images
    images


    नेपाल राष्ट्र बैंकका अनुसार यो साता नेपाली बजारमा डलरको भाउ १ रूपैयाँ ३९ पैसाले बढेको छ। अर्थात साताको पहिलो दिन आइतबार १२९ रूपैयाँ ८९ पैसा खरिददर रहेको अमेरिकी डलर साताको अन्तिम दिन अर्थात शुक्रबार आज १३१ रूपैयाँ २८ पैसा पुगेको छ।

    शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार १ अमेरिकी डलर खरिद गर्न १३१ रुपैयाँ २८ पैसा खर्चनुपर्छ।
    यो हिजोको तुलनामा केही सस्तो हो। हिजो बिहीबार सबैभन्दा बढी १३१ रूपैयाँ ४१ पैसा पुगेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिकी डलर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।