काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अमेरिकी डलर सहित एक जना पक्राउ परेका छन् ।
अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३२ हजार ४ सयसहित चिनियाँ नागरिक ३२ वर्षीय शाओजुन लिउलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरिएको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology