काठमाडौं । नेकपा एमालेका नेता एवं सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकालाल चौधरी माओवादी प्रवेश गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौधरीसहितका केही एमाले नेताहरूलाई आइतबार बिहान माओवादीमा प्रवेश गराएका हुन् ।
अध्यक्ष दाहालको निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी स्थायी समिति सदस्य राम कार्की लगायतका नेताहरू उपस्थित थिए।
२०४१ सालदेखि कम्युनिस्ट राजनीति थालेका चौधरी एमाले सुनसरीका पूर्वजिल्ला अध्यक्ष पनि हुन्। उनी हाल एमालेको प्रदेश कमिटी सदस्य थिए।
२०४९ सालमा तत्कालीन हाँसपोखरी गाविसको अध्यक्ष निर्वाचित भएका उनी २०५४ को स्थानीय निर्वाचनमा पनि सोही गाविसको अध्यक्ष निर्वाचित भएका थिए।
उनी २०७४ को स्थानीय निर्वाचनमा इटहरी उपहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology