पश्चिम नवलपरासी । गाउँघरमा तब दशैंको रौनक सुरु हुन्छ, जब ठाउँ–ठाउँमा पिङ हाल्न थालिन्छ । दशैंमा लिङ्गे पिङ किन खेलिन्छ होला ? यसको सोझो जवाफ हो, मनोरञ्जनका लागि ।

केटाकेटीहरु रमाइलोका लागि पिङमा रमाइरहेका छन् । बूढापाकाहरुको पनि दाशैकोको समयमा धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । गाउँघरमा वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर पिङ मच्चाउँछन्, जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ ।

गाउँघरमा बाबियोबाट बनाइएको लठारोको प्रयोग गरेर दशैंका बेला लिंगे पिङ हाल्ने चलन छ । तराईमा सनपाटको लठारो बनाउने चलन भए पनि सनपाट खेती मासिँदै गएकाले पहिलेजस्तो पिङ बनाउन समस्या छ । तैपनि बिभिन्न जिल्लाहरुमा दशैंमा पिङ लगाउने प्रचलन अद्यावधि छँदैछ । यहाँ हामीले पश्चिम नवलपरासीको सुनवलमा पिङमा वालवालिकाहरु रमाइरहेका केही तस्वीर पस्केका छौं ।


Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology