रुपन्देही । महामारीसंग जुध्न रुपन्देहीका पाँच दलद्वारा मेडिकल टिम सहितको संयन्त्र गठन गरिएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, क्रान्तिकारी माओवादी र राष्ट्रिय जनमोर्चाले उक्त संयन्त्र बनाएका हुन् ।
एक अपिल जारी गर्दै पाँच दलले सरकारी पक्षलाई महामारीसंग जुध्न विशेष संयन्त्र बनाउन अनुरोध गरिएको भएपनि त्यसो नगरीएकोले आफूहरूले माहामारीमा जनता बचाँउन राजनिक र मेडिकल संयन्त्र बनाएको उल्लेख गरेका छन् ।
अक्सिजनको समस्या छैन भनेर गफ गर्दा गर्दै रुपन्देहीमा अक्सिजनको कमिले १० जनाको मृत्यु भएको उल्लेख गर्दै अपिलमा अस्पतालमा हुनुपर्ने अक्सिजन जनप्रतिनिधिका घरमा भेटिनु र पहुँचवालाले मात्र खोप लगाउनु दुर्भाग्य भएको बताइएको छ ।
घर-घरमा अक्सिजन सिलिन्डर बाडेर सरकार पक्षका केही जनप्रतिनिधिहरुले सस्तो लोकप्रियताका लागि काम गरेको उल्लेख गर्दै सो अपिलमा रुपन्देहीमा ६ हजार ५ सय बढी संक्रमितहरु अस्पतालमा बेड अभावका कारण घरमै बस्नु परेको उल्लेख गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी-केन्द्रका केन्द्रिय सदस्य बामदेव क्षेत्री, नेपाली काङ्ग्रेसका रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी-माओवादीका केन्द्रिय सदस्य, प्रेम सुवेदी, जनता समाजवादी पार्टी, केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज, देवेन्द्र पान्डे र राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमको नाम समाबेश रहेको उक्त बिज्ञप्तिमा डा. कृष्ण खनालको संयोजकत्वमा १३ सदस्यीय स्वास्थ्यकर्मीको टिम र उल्लेखित दलका नेताहरू सम्मीलित ५ सदस्यीय राजनैतिक संयन्त्र बनाईएको जनाईएको छ ।
सेतोमसीसंग कुरा गर्दै उक्त दलका नेताहरुले संक्रमित र संक्रमितका परिवारले २४ सैं घण्टा उक्त मेडिकल टिम र राजनैतिक संयन्त्रलाई सम्पर्क गरेर सेवा लिन सक्ने बताएका छन् ।
स्वास्थ्यकर्मीहरुको टिम:
राजनैतिक संयन्त्रमा रहने राजनैतिक दलका नेताहरुको सम्पर्क:

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology