राजेश पराजुली, गण्डकी प्रदेश । नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३ मा डा. भोजराज अधिकारीलाइ उम्मेदवार बनाउने भएको छ ।
भरतपुर अस्पतालका अध्यक्ष एवं पुष्पाञ्जली अस्पतालका बरिष्ठ फिजिसियन समेत रहेका डा. अधिकारी प्रतिनिधीसभा तर्फ गठबन्धनका साझा उम्मेदवार भएको हाे।
त्यस्तै गठबन्धनबाट आफ्नो भागमा परेको चितवन क्षेत्र नं. ३(ख) मा ठाकुर प्रसाद ढकाल उम्मेदवार भएको छ ।माडीका पूर्व नगरप्रमुख समेत भएका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ढकाल दुई कार्यकाल साविक गर्दी गा.वि.स. अध्यक्ष समेत भएका थिए ।
माओवादी केन्द्रबाट चितवनका उम्मेदवारहरु निश्चित गर्न भरतपुरमा बसेको जिल्ला कार्यालयको बैठकको सिफारिस अनुसार प्रदेश सचिवालयले उम्मेदवार टुङ्ग्याएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology