राजेश पराजुली, गण्डकी प्रदेश । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर-३ का उम्मेदवार डा.भोजराज अधिकारीले यहाँका थारू समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको अनुसन्धान गर्ने बताएका छन्। थारू समुदायमा मात्रै यो रोग देखिन्छ। यसअघि केन्द्रीय स्वास्थ अनुसन्धान परिषदमा रहँदा बाँके बर्दियामा आफूले सो रोगको अध्ययन गरेको उल्लेख गर्दै उनले चितवनमा समेत अनुसन्धान गर्ने बताएका हुन्।
म स्वास्थ परिषद्को उपाध्यक्ष थिए, त्यो समयमा बाँके, बर्दियाका थारू समुदायमा मात्रै सिकलसेल एनिमिया भन्ने भाइरस देखियो, चुनावी सभालाई सम्बोधन गर्दै डा. भोजराजले भने, त्यहीँ समयमा चितवनका थारू समुदायमा समेत यो आवश्यक देखेर अनुसन्धान गर्ने निर्णय गरियो, अब अनुसन्धान सुरु हुन्छ।
यसको नियन्त्रणका उपाय अघि बढाउने उनको प्रतिबद्धता छ। स्वास्थ क्षेत्र स्वभाविक रूपले नै प्राथमिकतामा परेको उनले बताए। माडीका स्वास्थ्य र शैक्षिक संस्था सुधार गर्न पहल गर्ने उनको जोड छ। बगौडा अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा अघि बढाइने उनले बताए। थारू समुदायको सम्मान हुने गरि योजना बनाउने उनले बताए।
यस्तै लोकतान्त्रिक-वाम गठबन्धन अन्तर्गत प्रदेशसभाका उम्मेदवार ठाकुर ढकालले रेवा खोला तटबन्ध गर्न पहल गर्ने बताएका छन्। उनले शिवद्वारबाट सौराहा पर्यटन मार्ग बनाउन योजना अघि बढेको बताए। नागरिकता विहिन समुदायसँगको भेटघाटमा उनले जन्मका आधारमा नागरिकता दिने विषय चाडैं समाधान हुने प्रतिबद्धता व्यक्त गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology