काठमाडौं । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।
आज भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको हो।
देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन थियो। संघीयताविज्ञ देवकोटा नेता नेपाल निकट मानिन्छन् । तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।
बादलको यो हारसंगै एमाले भित्रको केपी ओली समूहको सूर्यमा बादल लागेको छ । आजको सर्बोच्चको निर्णय र राष्ट्रियसभामा भएको हारसंगै रामबहादुर थापाको कायम मन्त्री र अबको मन्त्री हुने बाटो समाप्त भएको छ । त्यतिमात्र होइन, बादलको हारले एमालेभित्र पुर्वमाओबादीको अवको भुमिका कस्तो हुने भन्ने समेत यतिबेला चर्चाको विषय बनेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology