Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री कार्यालयको निर्देशनमा सिल नै नखोली छोडियो ८ ट्रक सुपारी

प्रधानमन्त्री कार्यालयको निर्देशनमा सिल नै नखोली छोडियो ८ ट्रक सुपारी

images
  • प्रधानमन्त्री कार्यालयको निर्देशनमा सिल नै नखोली छोडियो ८ ट्रक सुपारी
    images
    images

    काठमाडौं । अनुसन्धानमा रहेका आठ ट्रक सुपारी छुटाइएको छ । दसैं बिदाको मुखमा राजस्व अनुसन्धानले ८ ट्रक सुपारीको सिल नै नखोली छाडिदिएको हो । नेपालबाट भारत निकासी हुन लागेको ८ ट्रक सुपारी मोरङ प्रहरीले साउन ५ मा पक्राउ गरेर थियो । 

    images
    images
    images

    प्रहरीले उक्त सुपारी साउन ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको थियो ।
    राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहन्छ । 

    images
    images
    images

    सुपारी पक्राउ परेपछि प्रधानमन्त्री कार्यालयले चासोका साथ हेरेको थियो । निर्यातकर्तासँग प्रधानमन्त्री कार्यालयको उच्च तहबाटै ‘नेगोसिएसन’ भएपछि सुपारी छुटेको बुझिएको छ ।

    images
    images
    images

    सुपारी छुटाउन लेखेको पत्रमा गन्तव्यतर्फ सुपारी निकासी हुन दिनु भनेरमात्रै उल्लेख छ । सुपारीको बारेमा थप केही लेखिएको छैन् । 

    प्रहरीले अवैध भन्दै नियन्त्रणमा लिएको सुपारी छुटाउन अदालतमा रिट दायर गरेका निर्यातकर्ताले शंकास्पद रुपमा रिट फिर्ता लिएका थिए । सरकारकै उपल्लो तहमा सेटिङ मिलेपछि उनी रिट फिर्ता लिन तयार भएको स्रोतको दाबी छ ।

    सुपारीमाथि अनुसन्धान सुरु भएसँगै निर्यातकर्ता मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले साउन २६ गते उच्च अदालतमा रिट दायर गरेका थिए । उनले जिल्ला प्रहरी कार्यालय मोरङ, राजस्व अनुसन्धान कार्यालय इटहरी र विराटनगर भन्सार कार्यालयलाई प्रतिवादी बनाएका थिए ।

    तर, भित्रभित्रै ‘कुरा मिलाएर’ उनलाई रिट फिर्ता लिन लगाइएको थियो । उच्च अदालत विराटनगरका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले रिट फिर्ताको आदेश दिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।