Logo

२०८३, श्रावण ३०गते


images
images

उम्मेदवारबाट आयोगले उठायो ३ करोड ७२ लाख जरिवाना

उम्मेदवारबाट आयोगले उठायो ३ करोड ७२ लाख जरिवाना

images
  • उम्मेदवारबाट आयोगले उठायो ३ करोड ७२ लाख जरिवाना
    फाइल फोटो
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले जरिवानामा परेका १०२ जना उम्मेदवारबाट ३ करोड ७२ लाख ५० हजार जरिवाना उठाएको छ । गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार भएका उनीहरु समयमा खर्च विवरण नबुझाएका कारण जरिवानामा परेका थिए । 

    images
    images
    images

     

    images
    images
    images

    आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि पुनः उम्मेदवार भएका उनीहरुले आयोगको केन्द्रीय कार्यालयको संकेत नम्बरमा ३ करोड १७ लाख रुपैयाँ जरिवाना बुझाएका छन् । यस्तै जिल्ला निर्वाचन कार्यालयहरूको संकेत नम्बरमार्फत ५५ लाख ५० हजार रुपैयाँ जरिवाना बुझाएका छन् । आयोगको केन्द्रीय कार्यालयमा ८२ जना र जिल्ला निर्वाचन कार्यालयमार्फत २० जनाले जरिवाना रकम बुझाएका हुन् । उम्मेदवारहरूले बुझाएको जरिवाना रकम राजस्वमा शीर्षकमा दाखिला हुने आयोगले जनाएको छ । 

    images
    images
    images

    आयोगले स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र खर्च विवरण बुझाउन उम्मेदवारहरूलाई समय दिएको थियो । तर आयोगले दिएको समयमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई स्पष्टिकरण सोधेर जरिवाना तोकिएको थियो । सो जरिवाना नबुझाउने उम्मेदवारलाई ६ बर्षसम्म हुने कुनैपनि निर्वाचनमा सहभागी हुन नसक्ने गरी कालोसूचीमा राख्ने आयोगले बताएको छ । आयोगले आगामी फागुनसम्म जरिवाना रकम तिर्ने समय दिएको छ भने सो अवधिमा पनि जरिवाना नतिर्ने जनप्रतिनिधिको पद खारेज गर्ने आयोगले चेतावनी समेत दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।