Logo

२०८३, श्रावण ३०गते


images
images

१६५ मध्य ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या शुन्य  

१६५ मध्य ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या शुन्य  

images
  • १६५ मध्य ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या शुन्य  
    फाइल फोटो
    images
    images

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचानमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक देखिएको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या शुन्य रहेको छ । 

    images
    images
    images

    प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने २ हजार ४१२ जनामध्ये २ हजार १८६ जना पुरुष र २२५ जना महिला रहेका छन् । अर्थात कुल उम्मेदवारी दिनेमध्ये ९.३२ प्रतिशत संख्या मात्र महिलाको रहेको छ । 

    images
    images
    images

    निर्वाचन आयोगको तथ्याङ्क अनुसार महिला उम्मेदवारको उपस्थिती १६५ क्षेत्रमध्ये ६१ वटामा सून्य र ४८ वटा निर्वाचन क्षेत्रमा मात्र एक–एक रहेको छ ।

    images
    images
    images

    प्रतिनिधि सभा तर्फको २६ वटा निर्वाचन क्षेत्रमा प्रत्येकमा दुई–दुई जना महिला उम्मेदवार रहेका छन् भने १३ वटा निर्वाचन क्षेत्र प्रत्येकमा तीन–तीन जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । 

    यस्तै, आठ वटा निर्वाचन क्षेत्रमा चार–चार जना, पाँच वटा निर्वाचन क्षेत्रमा पाँच–पाँच जना, दुई वटा निर्वाचन क्षेत्रमा ६–६ जना, एउटा निर्वाचन क्षेत्रमा ७ जना र एउटा निर्वाचन क्षेत्रमा १० जना महिलालाई उम्मेदवार बनाइएको छ ।       

    आयोगका अनुसार ताप्लेजुङ निर्वाचन क्षेत्र नं.१, पाँचथर निर्वाचन क्षेत्र नं.१, इलाम निर्वाचन क्षेत्र नं.१, झापा निर्वाचन क्षेत्र नं.३, संखुवासभा निर्वाचन क्षेत्र नं.१, भोजपुर निर्वाचन क्षेत्र नं.१, धनकुटा निर्वाचन क्षेत्र नं.१, मोरङ निर्वाचन क्षेत्र नं.४ र ६, सुनसरी निर्वाचन क्षेत्र नं.४ र खोटाङ निर्वाचन क्षेत्र नं.१ मा एकजना पनि महिला उम्मेदवार रहेका छैनन् । 

    यस्तै एकजना पनि महिलाको उम्मेदवारी नपरेका अन्य निर्वाचन क्षेत्रमा सप्तरी निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.१, २ र ४, महोत्तरी निर्वाचन क्षेत्र नं.२ र ४, रौतहट निर्वाचन क्षेत्र नं.२ र ३, बारा निर्वाचन क्षेत्र नं.१, २ र ४ र पर्सा निर्वाचन क्षेत्र नं.१, २, ३ र ४ रहेका छन् । 

    दोलखा निर्वाचन क्षेत्र नं.१, धादिङ निर्वाचन क्षेत्र नं.१, काभ्रेपलाञ्चोक क्षेत्र नं.१६, मकवानपुर निर्वाचन क्षेत्र नं.२, गोरखा निर्वाचन क्षेत्र नं.२, मनाङ क्षेत्र नं.१, लम्जुङ निर्वाचन क्षेत्र नं.१, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नं.२, मुस्ताङ निर्वाचन क्षेत्र नं.१, बागलुङ निर्वाचन क्षेत्र नं.१, पाल्पा निर्वाचन क्षेत्र नं.१, रुपन्देही निर्वाचन क्षेत्र नं.४, रुकुम पूर्व निर्वाचन क्षेत्र नं.१, बाँके निर्वाचन क्षेत्र नं.३, बर्दिया निर्वाचन क्षेत्र नं.१ र २ पनि महिलाको उम्मेदावरी परेको छैन ।

    महिलाको उम्मेदवारी नपरेको अन्य निर्वाचन क्षेत्रमा सल्यान निर्वाचन क्षेत्र नं.१, डोल्पा निर्वाचन क्षेत्र नं.१, मुगु निर्वाचन क्षेत्र नं.१, कालिकोट निर्वाचन क्षेत्र नं.१, हुम्ला निर्वाचन क्षेत्र नं.१, जाजरकोट निर्वाचन क्षेत्र नं.१, दैलेख निर्वाचन क्षेत्र नं.२, सुर्खेत निर्वाचन क्षेत्र नं.१, रुकुम पश्चिम निर्वाचन क्षेत्र नं.१, बाजुरा निर्वाचन क्षेत्र नं.१, अछाम निर्वाचन क्षेत्र नं.१ र २, बझाङ निर्वाचन क्षेत्र नं.१, कैलाली निर्वाचन क्षेत्र नं.२ र ४, दार्चुला निर्वाचन क्षेत्र नं.१, बैतडी निर्वाचन क्षेत्र नं.१, डडेलधुरा निर्वाचन क्षेत्र नं.१ र कञ्चनपुर निर्वाचन क्षेत्र नं.२ रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।