Logo

२०८३, श्रावण ३०गते


images
images

पत्रकार आचारसंहिताको नियमित अनुगमन गर्न प्रेस काउन्सिललाई पत्राचार गर्ने

पत्रकार आचारसंहिताको नियमित अनुगमन गर्न प्रेस काउन्सिललाई पत्राचार गर्ने

images
  • पत्रकार आचारसंहिताको नियमित अनुगमन गर्न प्रेस काउन्सिललाई पत्राचार गर्ने
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिललाई पत्राचार गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    आयोगको शुक्रबार बसेको बैठकले सञ्चारमाध्यमको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकोले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए नभएको नियमित अनुगमन गर्नेबारे यस्तो निर्णय गरेको हो ।

    images
    images
    images

    प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक (धारा १९), सूचनाको हक (धारा २७), अभिव्यक्ति स्वतन्त्रता, आमसंचारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै यस्तो निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

    images
    images
    images

    यस्ता छन् आयोगले गरेका निर्णयहरु:

    १. सञ्चारमाध्यमको अनुगमन प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भित्र पर्ने विषय भएकोले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक (धारा १९), सूचनाको हक (धारा २७), अभिव्यक्ति स्वतन्त्रता (धारा १७ (क) तथा आमसंचार सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यतासमेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए नभएको नियमित रुपमा अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने ।

    २. पत्रकार आचारसंहिता, २०७३ को दफा ९ (१) मा रहेको प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिताको अनुकूल हुने गरी प्रत्येक सञ्चारमाध्यमले आफ्ना लागि आचारसंहिता बनाई सोको स्वनियमन र स्वमूल्यांकन गर्ने छन् भन्ने व्यवस्था बमोजिम सञ्चारमाध्यम तथा सञ्चारकर्मीले निर्वाचनको समयमा पालना गर्नुपर्ने आचरणको पालनाका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम स्वयंले स्वनियमन सम्बन्धी कार्यविधि बनाइ लागू गर्न सबै सञ्चारमाध्यमहरुलाई आव्हान गर्ने र सोको लागि आवश्यक व्यवस्था गर्न गराउन प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने । 

    ३.पत्रकार आचारसंहिता, २०७३ को दफा १२ मा प्रेस काउन्सिल नेपालले निर्वाचनका क्रममा पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गर्न सक्ने प्रावधान रहेकोले सो अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गरी सोको एक प्रति आयोगमा उपलब्ध गराउन प्रेस काउन्सिल नेपाललाई लेखि पठाउने ।निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को कार्यान्वयन गर्न सोही ऐनको दफा २३ बमोजिम आयोगले विज्ञसमेत रहेको संयन्त्र निर्माण गर्न सक्ने प्रावधान रहेको छ । सो व्यवस्था बमोजिम आयोगले निर्माण गर्ने संयन्त्रले आन्तरिक प्रयोजनका लागि संचारमाध्यममा प्रकाशित तथा सामाजिक संजालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति जाँचबुझ तथा अनुगमन गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा आयोगले प्रचलित कानून बमोजिम गर्न गराउन लेखी पठाए बमोजिम आवश्यक कारवाही गरी सोको जानकारी आयोगमा गराई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र एवम् विश्वसनीय तुल्याउने आयोगको प्रयासमा सोही ऐनको दफा ७ बमोजिम सहयोग गर्न सोही ऐनको दफा ४० बमोजिम प्रेस काउन्सिल, नेपाललाई निर्देशन दिने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।