काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री ओलीले आफ्नो हस्ताक्षर किर्ते गरेको बताएका छन् । राष्ट्रपति समक्ष प्रश्न गर्दै नेता नेपालले भनेका छन् - "म यहीँ छु, मेरो हस्ताक्षर कसरी पहिल्यै आयो ?"
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसंग बहुमत नभएको र आफुले संसदको विश्वासको मत लिन समेत नसक्ने लिखित पत्र राष्ट्रपतिलाई पठाएपछि राष्ट्रपतिले संसदमा बहुमत सदस्य पुर्याउन सक्ने संसद सदस्यलाई प्रधानमन्त्रीमा दावी गर्न अनुरोध सहित शुक्रवार साँझ ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिको सोही अनुरोध बमोजिम प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र-बाबुराम पक्ष र एमालेको माधव पक्षका १ सय ४९ सांसदको हस्ताक्षर सहित राष्ट्रपति निवास पुगेका थिए ।
यद्यपि एमाले नेता नेपाल सहित देउवा राष्ट्रपति निवास पुग्दा उनीहरुभन्दा पहिले नै हालका प्रधानमन्त्रीले केपी शर्मा ओलीले माधव नेपालको हस्ताक्षर सहित आफुसंग बहुमत रहेको बताएपछि अवको राजनीति कसरी अगाडि बढ्छ भन्नेमा अन्यौलता देखिएको छ ।
राष्ट्रपति भण्डारीले यसबारे कानुन हेरेर अगाडि बढ्ने बताएको समाचारमा जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology