Logo

२०८३, श्रावण ३१गते


images
images

संकटमा एमालेको 'सूर्य' जोगाएका माधवको 'कलम' सामाजिक सन्देश बोकेर घरदैलोमा

संकटमा एमालेको 'सूर्य' जोगाएका माधवको 'कलम' सामाजिक सन्देश बोकेर घरदैलोमा

images
  • संकटमा एमालेको 'सूर्य' जोगाएका माधवको 'कलम' सामाजिक सन्देश बोकेर घरदैलोमा
    images
    images

    वि. सं. २००९ फागुन २६ गते रौतहट जिल्लाको गौरमा जन्मिएका माधवकुमार नेपाल नेपालको प्रधानमन्त्री समेत भैसकेका देशका शिर्ष नेतामध्य एक हुन् । लामो समय देशको प्रमुखमध्यको एक राजनीतिक दल नेकपा एमालेको नेतृत्व गरेका उनै माधव नेपाल आफैले बनाएको पार्टीमा टिक्न सकेनन् ।

    images
    images
    images


    तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपालले वि. सं. २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए ।  वि. सं. २०२८ सालमा सङ्गठन विस्तारका लागि काठमाडौँ पुगेका उनी २०५० सम्म  आइपुग्दा उक्त पार्टीका प्रमुख मध्यका एक नेता भैसकेका थिए । सोही क्रममा अन्तरास्ट्रिय संचारमाध्यमहरूले समेत 'नेपाली कार्लमार्क्स' को उपाधी दिएका पार्टी नेता मदन भण्डारीको रहस्यमय मृत्युपछि लगभग दुई दशक उनैले नेकपा एमालेको नेतृत्व गरे  । 

    images
    images
    images


    एकातिर पार्टी महासचिव  मदन भण्डारी र संगठन विभाग प्रमुख जीवलाल आश्रीतको रहस्यमय दुर्घटनामा मृत्यु हुनु र त्यही विचमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा जारी शसस्त्र जनसंघर्षमा कांग्रेस नेतासंगै एमाले नेताहरू समेत गाउँगाउँबाट लखेटिनु परिरहेको अवस्थामा एमालेलाई जोगाईराख्नु पक्कैपनि चानचुने कुरा थिएन । उनै माधवकुमार नेपाल थिए, जसले संकटपुर्ण अवस्थामा एमालेलाई  जोगाए । एमालेको सूर्यलाई निभ्न दिएनन्, बरु ब्रान्ड बनाए ।

    images
    images
    images

    IMG_20220109_150848.png


    नेपालले एमालेलाई मात्रै जोगाएनन् । तत्कालिन माओवादी र नेपाली कांग्रेस लगायत सात दललाई मिलाएर १२ बुदे सहमतिकोलागि कहिले रोल्पा पुगे त कहिले दिल्ली । अन्ततः माओवादी शान्तिप्रकृयामा आयो र तत्कालीन सात दल गणतन्त्रसम्म आइपुगे । फलस्वरूप देशमा गणतन्त्रको उदय भयो । देशमा  कायम एकात्मक राज्यसंरचनाको पुनर्संरचना गरि शक्तिशाली तीन सरकारसहितको संघीय प्रणालीमा मुलुक प्रवेश गर्यो । जसलाई जनताद्वारा नै चुनिएका जनप्रतिनिधिले संविधानमा लिपिबद्द गरे । देशले संविधानसभाबाट नयाँ संविधान पायो र नेपालको नाम संविधानसभाबाट संविधान लेख्ने विश्वको कान्छो देशको रुपमा विश्व इतिहासमा दर्ज भयो ।


    मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' संगै माधवकुमार नेपाल पनि उत्तिकै महत्वपुर्ण पात्र हुन् ।


    राष्ट्रिय राजनीतिमा शक्तिशाली, पार्टीभित्र कमजोर


    देश शान्तिप्रक्रियामा अघि बढेसंगै राष्ट्रिय राजनीतिमा शक्तिशाली नेपाल पार्टीभित्र भने कमजोर बन्दै गए । माओवादी, कांग्रेस लगायतका दलसंगै सहकार्य गरेर राष्ट्रिय राजनीतिलाई निकास दिइनुपर्छ भन्ने मत राख्दै आएका नेपालको विचारलाई पार्टीभित्र त्यति मन पराईएन । बरु माओवादीको चर्को बिरोध गर्ने र परिवर्तनका एजेन्डामाथि मजाक गर्ने नेता केपी शर्मा ओली एमालेभित्र बलियो बन्दै गए । पार्टीको नवौं महाधिवेशनबाट नेपाललाई परास्त गर्दै उनै ओली अध्यक्षमा चयन भए ।


    पार्टी अध्यक्ष बनेपछि ओलीले पार्टीलाई संस्थागत भन्दापनि एकल निर्णयमै चलाईरहे । यहि विचमा नेकपा माओवादी केन्द्रसंग एकता गरे । पार्टीमा दुई दुई जना अध्यक्षबन्ने प्रावधानसंगै ओली र प्रचण्ड दुई नेता पार्टी अध्यक्ष भए । 


    आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति गरेर चुनावी एकता र पार्टी एकता गरेका दुई नेताहरूमा कुरा मिल्न छाड्यो । ओलीले प्रचण्डलाई दोस्रो अध्यक्ष र आफुलाई एक नम्बरको अध्यक्षको दावी गर्दै एकल निर्णयमा अगाडि बढ्ने र पार्टीको बैठकमा पनि सहभागी नहुने प्रवृत्ति देखाएपछि  उनै माधव नेपाल लगायतका नेताले ओलीलाई विधि र प्रक्रियामा सहभागी हुन र संस्थागत निर्णय मान्न अनुरोध गरे । यद्यपि त्यो सफल हुन सकेन । ओलीले २-२ पटक संसद नै विघटन गरे । अन्ततः अदालतको निर्णयसंगै नेकपा पनि पुर्वबत् रुपमा एमाले र माओवादी मै छुट्टीयो । त्यसको लगत्तै एमालेका पुर्वअध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम सहितका नेता सहित माधव नेपालले पनि एमाले छाडे र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामको नयाँ दल गठन गरेर फेरि शुन्यवाट पार्टी निर्माणको यात्रामा होमिए ।


    सूर्य चिन्हलाई 'ब्राण्ड' बनाएका माधवसामु कलमलाई स्थापित गर्ने चुनौती


    यसरी नेकपा एमाले र उक्त पार्टीको चुनाव चिन्हलाई ब्रान्ड बनाएका  उनै नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी यतिबेला संगठन विस्तारमा देशैभरी क्रियाशिल छ । देशमा कायम एमाले र माओवादी जस्ता दुई ठुला कम्युनिस्ट पार्टीको विचमा समाजवादीलाई फरक पहिचान सहित जनतामा जाने र मन जित्ने उत्तिकै चुनौती छ । एमालेको चुनाव चिन्ह सूर्यलाई जसरी समाजवादीको कलमलाई पनि स्थापित गर्ने चुनौती पनि उत्तिकै छ । त्यहि चुनौतीको सामना गर्दै अहिले समाजवादी राजनीतिको मैदानमा छ ।


    पछिल्ला दिनहरूमा समाजवादीले आफुलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ । सोहीक्रममा केही स्टिकर समेत लिएर पार्टी नेताहरू यतिबेला जनताको घरदैलोमा पुगेका छन । 


    जनतामाझ जाने सबै राजनितिक दलको आफ्नै तरिका हुन्छ । सोही क्रममा एकीकृत समाजवादी यतिबेला फरक शैलीमा घरदैलो अभियानमा सरिक छ । 

    तराईमा जन्मिएका माधव नेपाल नेतृत्वको समाजवादी पार्टीले मधेसी, पहाडी, हिमाली - हामी सबै नेपाली नामको स्टिकर लिएर देशैभरी जाँदैछ । देशमा हिमाल, पहाड र तराईका समुदायका विचमा मनमुटाव तथा झडपको स्थिति निर्माण गरेर राजनैतिक अस्थिरता हुँदै राज्य बिभाजनसम्मको दुष्चक्रमा मुलुक फस्न सक्ने तथ्यलाई आंकलन गर्दै तीनै भुगोलका समुदायविचको सहकार्य र सह-अस्तित्वको विषय आफुहरूले उठान गरेको समाजवादीका नेताहरू बताउँछन् ।


    साथै, सोहि प्रकारका स्टिकर मार्फत नातावाद, कृपावाद र भ्रष्टाचारलाई उन्मुलन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न समेत समाजवादीले आह्वान गरेको छ ।


    त्यसैगरी सामाजिक चेतनामूलक स्टिकरहरूसमेत समाजवादीका नेताहरूले नागरिकको घरघरमा टाँस्ने गरेका छन् । जसमा बोक्सा, बोक्सी नहुँने भन्दै कसैलाई आरोपित गरिनु अपराध हो । महिलाको सुरक्षा र सम्मान गर्दै महिला हिंसा गर्न नहुने कुरासंगै जातपात अन्धविश्वास हुन् भन्ने स्टिकर बोकेर घर-घर पुग्न समाजवादीका नेतालाई भ्याईनभ्याई छ ।

     

    यी हुन् - समाजवादीले नागरिकका घरदैलोमा टाँस्दै हिडेका सामाजिक सन्देश बोकेका स्टिकरहरू :

    IMG_20220109_151228.pngIMG_20220109_150935.pngIMG_20220109_151156.pngIMG_20220109_150848.pngIMG_20220109_151018.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।