Logo

२०८३, आश्विन १७गते


images
images

विभाजन र कारबाही

धनश्याम र रामकुमारीसहित ६ नेतालाई माधव नेपालले पार्टी सदस्यबाट हटाएको खुलासा

धनश्याम र रामकुमारीसहित ६ नेतालाई माधव नेपालले पार्टी सदस्यबाट हटाएको खुलासा

images
  • धनश्याम र रामकुमारीसहित ६ नेतालाई माधव नेपालले पार्टी सदस्यबाट हटाएको खुलासा
    images
    images

    काठमाडौं । माधव कुमार नेपालले नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत हुनु अघिनै महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेको खुलेको छ ।

    images
    images
    images

    बुधबार भएको १० दलको राष्ट्रिय एकता सम्मेलन हुनुभन्दा अघि नै नेपालले महासचिव भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्ण कुमार श्रेष्ठलाई पार्टी सदस्य समेत नरहनेगरी कारवाही गरेको खुलेको हो ।

    images
    images
    images

    साथै अध्यक्ष नेपालले कारबाहीमा परेका नेताहरुले पार्टीको नाम र पदको दुरुपयोग गरेर भेला, बैठक, पत्रकार सम्मेलन वा कुनै पनि गतिबिधि गरेमा कारवाही हुने चेतावनी समेत दिएका छन् ।

    images
    images
    images

    एकीकृत समाजवादीसहित १० बाम दलले नेपाली कम्युनिष्ट पार्टी गठन गरिसकेका छन् । एकता प्रक्रियामा असन्तुष्टि जनाउदै रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमालेमै फर्किने तयारीमा छन् भने भुसालले भने पार्टीलाई पुनर्गठन गर्ने भन्दै भेला बोलाएका छन् ।

    यस अघि असन्तुष्ट रहेका नेता झलनाथ खनाल भने अन्तिम समयमा एकता प्रक्रियामा सहभागी भएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।