Logo

२०८३, श्रावण २७गते


images
images

नेकपा रुपन्देहीको उमेद्धार टुंगो लाग्यो

नेकपा रुपन्देहीको उमेद्धार टुंगो लाग्यो

images
  • नेकपा रुपन्देहीको उमेद्धार टुंगो लाग्यो
    images
    images

    भैरहवा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले प्रतिनिधि सभा निर्वाचनका लागि ५ वटै निर्वाचन क्षेत्रका लागि उमेद्धारको टुंगो लगाएको छ ।

    images
    images
    images

    आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै क्षेत्रका लागि उमेद्धारको टुंगो लागेको सो पार्टीले जनाएको छ ।

    images
    images
    images

    पार्टीका अनुसार क्षेत्र नम्बर १ बाट घनश्याम यादव, क्षेत्र नम्बर २ बाट स्व. भक्ति पाण्डेका छोरा सुवास पाण्डे (विश्वदिप), क्षेत्र नम्बर ३ बाट फैज अहमद खान, क्षेत्र नम्बर ४ बाट बाबुलाल यादव र क्षेत्र नम्बर ५ बाट पूर्व मन्त्री वकिल मुसलमान उम्मेदवार रहेका छन् । क्षेत्र नम्बर ४ का बाबुलाल एकीकृत समाजवादी पृष्ठभूमिका हुन ।

    images
    images
    images

    र क्षेत्र नम्बर २ का पाण्डे लामो समय पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसंग काम गरि पुन नेकपामा समाहित भएपछि उम्मेदवार बनेका हुन् । बाकी ३ जना माओवादी पृष्ठभूमिका हुन् ।

    सबै उम्मेदवार टुंगो लागे पछि नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न नेताहरुले आग्रह गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।