रुपन्देही । सत्तारूढ गठबन्धन रुपन्देही निर्वाचन क्षेत्र न ५ को प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । एक कार्यक्रमविच प्रतिनिधिसभाका उम्मेद्बार कांग्रेस नेता भरत कुमार शाहले कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले गठबन्धन दलको उम्मेदवारको जित सुनिश्चित भएकोकारण एमालेका उम्मेदवारहरु आत्तिएको बताए । "उहाँहरु हारको मानसिकतामा हुनुहुन्छ धेरै कुरा गर्नु परेन । " उनले भने-" जनताको आधाभुत आवश्यकता पुरा कसरी गर्न सकिन्छ ।
विकास कसरी गर्न सकिन्छ त्यता ध्यान दिनुपर्छ उल्लेख गर्दै उनले बिगतमा जनताको मनमा बस्न सकेकोले अहिलेको निर्वाचन सहज हुने बताए ।
कार्यक्रममा प्रदेश शभा निर्वाचन ५(१)का उम्मेद्बार नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य विनोद पहाडी नेपाली कांग्रेसका प्रदेश सदस्य बिष्णु पोख्रेल, माओवादी केन्द्रको प्रदेश सद्स्य दिपिका शर्मा, माओवादी केन्द्र सैनामैनाका अध्यक्ष नारायण महत, राजमोका नेता गणेश गौतम, नेकपा एकीकृत समाज बादीका अर्जुन ढकाल देबराज पौडेल, कांग्रेस नेतृ लक्ष्मी आचार्य, कांग्रेसको नगर शभापति रन बहादुर खनाल लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology