Logo

२०८३, श्रावण ३१गते


images
images

गठबन्धनका शिर्ष नेताहरूको एउटै स्वर- 'परिवर्तन जोगाउन गठबन्धनका हरेक उम्मेदवारले जित्नुपर्छ'

गठबन्धनका शिर्ष नेताहरूको एउटै स्वर- 'परिवर्तन जोगाउन गठबन्धनका हरेक उम्मेदवारले जित्नुपर्छ'

images
  • गठबन्धनका शिर्ष नेताहरूको एउटै स्वर- 'परिवर्तन जोगाउन गठबन्धनका हरेक उम्मेदवारले जित्नुपर्छ'
    images
    images

    बुटवल । सत्तारूढ गठबन्धनका शिर्ष नेताहरूले परिवर्तन जोगाउन गठबन्धनका हरेक उम्मेदवारले जित्नुपर्ने बताएका छन् । शुक्रवार बुटवलमा आयोजित प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै नेताहरूले प्राप्त उपलब्धि गुम्न नदिन गठबन्धन आवस्यक रहेको बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापतिले गठबन्धनले देशलाई दुर्घटनामा जानबाट जोगाएको उल्लेख गरे । विकास र समृद्धिका लागि एकता  र सहकार्य आवश्यक रहेको बताउँदै देउवाले गठबन्धनले त्यो आवस्यकता पुर्ति गरेको बताए ।

    images
    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलहरू एउटै डुङ्गामा सवार रहेको तर्क गर्दै गठबन्धनमा प्वाल परे सबै दल डुब्ने बताए । उनले भने, 'परिवर्तनलाई संस्थागत गर्न र विकासको बाटोमा  देश अगाडि बढाउन गठबन्धनले जित्नैपर्छ, हामीलाई हार्ने छुट छैन ।'

    images
    images
    images

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली नसुध्रिने बताउँदै उनी शक्तिमा आए देश दुर्घटनामा जाने टिप्पणी गरे । नजिकै रहेका भर्खरै एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम  भुसाललाई देखाउँदै उनले भने, 'ओलीलाई धोएर राम्रो बनाउन एमालेमै रहनुभएका घनश्याम जीहरू समेत नसकेर निस्किनुभयो ।' 

    त्यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुलाई चुनावको जित र हारसंग सम्बन्ध नभएको बताउँदै देशले हार्न नहुने र अहिलेको देश जोगाउने शक्ति गठबन्धन भएको तर्क गरे ।

    कार्यक्रममा जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली, गृहमन्त्री बालकृष्ण खाँण लगायतका नेताहरूले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सत्तारूढ गठबन्धन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।