Logo

२०८३, आश्विन १०गते


images
images

ओलीले परिवर्तन उल्टाउन खोजेपछि परिवर्तनकारी शक्तिले  गठबन्धन गरे: चन्द्र भण्डारी

ओलीले परिवर्तन उल्टाउन खोजेपछि परिवर्तनकारी शक्तिले  गठबन्धन गरे: चन्द्र भण्डारी

images
  • ओलीले परिवर्तन उल्टाउन खोजेपछि परिवर्तनकारी शक्तिले  गठबन्धन गरे: चन्द्र भण्डारी
    फाइल फोटो
    images
    images

    गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं. १ का सत्तारूढ गठबन्धनका साझा उमेदवार डा. चन्द्र भण्डारीले राजावादीहरुसंग मिलेर एमाले अध्यक्ष केपी ओलीले नेपाली जनताको संविधान कुल्चीदै अहिलेको परिवर्तन  उल्टाउन खोजेकोले देशैभर परिवर्तनकारी शक्तिले गठबन्धन गर्नु परेको बताएका छन् । गुल्मीको कालगिडण्डकी गाउँपालिका–३ जयखानीको भयकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।  

    images
    images
    images

    जसले अहिलेको संविधान र परिवर्तन उल्टाउन राजावादी राप्रपासंग साँठगाँठ गरेको छ उसैले एमालेलाई जनता संग भोट माग्ने अधिकार नभएको भन्दै नेता भण्डारीले भने–‘ आम परिवर्तनकारी शक्ति एक ढिक्का भए पछि एमाले एक्लिएको छ र  जिल्लामा भएका सबै विकास हामीले नै गरेका हौं भन्दै जनतामा गलत प्रचार गरिरहेको छ । ’
      
    नेता भण्डारीले कालिगण्डकी कोरिडोरको कडा चट्टान माओवादीले तत्कालिन जनयुद्धकालमा बमले फोड्दै सुरुवात गरेको र २०६४ सालको निर्वाचनमा तत्कालिन संविधान सभा सदस्य तथा हाल क्षेत्र नम्बर १ क प्रदेशका उमेदवार सुदर्शन बरालको पहलमा कालिगण्डकी कोरिडोर नेपाली सेनालाई निर्माणको जिम्मा दिने काम गरेकोले त्यसको श्रेयः अरु कसैले लिदै प्रचार नगर्न सुझाव दिए । 

    images
    images
    images

    रिडी रुद्रवेणी वामीटक्सार  गत चार दशकदेखि अलपत्र परेको कुरामा रमिते बन्दै सबै पार्टीको पहलमा राष्ट्रिय गौरवको योजनालाई मैले गरेको हुँ भन्दै हिड्नेहरुलाई  त्यसै रिडी-रुद्रवेणी-वामीटक्सार सडकले गिज्जाई रहेको नेता भण्डारीको टिप्पणी थियो । 
      
    कार्यक्रमलाई सम्वोधन गर्दै गुल्मी क्षेत्र नं. १ (क) प्रदेशका उमेदवार तथा पुर्वमन्त्री सुदर्शन बरालले कालिगण्डकी कोरिडोर नेपाली सेनालाई निर्माणको जिम्मा आफु र तत्कालिन मुख्य सचिव लिलामणी पौड्याल र तत्कालिन योजना आयोगका सदस्य सचिव युवराज भुसालले पहल गरेको र आफुहरु स्थलगत अध्यानमा आएको स्थानीयवासी र नेपाली सेनाका अधिकृतहरु साक्षी रहेको हुँदाहुँदै पनि कसैले आफुहरुले गरेको भन्दै प्रचार गर्नु लज्जाको बिषय भएको बताए ।  उनले  बर्षौँदेखि पछाडी परेको गुल्मीमा आफुले नेतृत्व गरेपछिको बिकास र त्यसअघि अरुले गरेको विकास दाँजेर हेर्न चुनौती दिए ।

    images
    images
    images

    कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा जिल्ला समन्व्य प्रमुख द्रोण बहादुर खत्रीले सिङ्गो जिल्लावासी परिवर्तनकारी शक्ति नेपाली काग्रेस र माओवादी केन्द्रको पक्षमा उभिएको बताउँदै बाम लोकतान्त्रिक उमेदवारहरुको जित सुनिश्चित भएको दाबी गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चन्द्र भण्डारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।