Logo

२०८३, श्रावण ३०गते


images
images

जरिवाना नतिर्ने ३८५ जना उम्मेदवारको नाम हटाउँदै निर्वाचन आयोग

जरिवाना नतिर्ने ३८५ जना उम्मेदवारको नाम हटाउँदै निर्वाचन आयोग

images
  • जरिवाना नतिर्ने ३८५ जना उम्मेदवारको नाम हटाउँदै निर्वाचन आयोग
    फाइल फोटो
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट ३८५ जनाको हटाउने तयारी गरेको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाएर शनिबारसम्म तोकिएको जरिवान नतिर्ने ३८५ जना उम्मेदवारको नाम आयोगले हटाउने तयारी गरेको हो ।

    images
    images
    images

    दुवै सभाको बन्दसूचीमा नाम परेकामध्ये ४३९ जनाले समयमै निर्वाचन खर्च विवरण नबुझाएका कारण जरिवाना तिनुपर्ने सूचीमा परेका थिए । आयोगले उनीहरूलाई शनिबारसम्म जरिवाना बुझाउने समय तोकेको थियो । तोकिएको समयभित्र ५४ जनाले मात्रै जरिवाना बुझाएको आफुलाई जानकारी आएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  बताए । 

    images
    images
    images

    उनका अनुसार बन्दसूचीमा रहेकामध्ये ३२ जनाले कात्तिक १ गतेसम्मसम्म जरिवाना बुझाइसकेका थिए ।

    images
    images
    images

    बुधबारदेखि शनिबारसम्म २२ जनाले मात्रै जरिवाना बुझाएको र शनिबारसम्म जरिवाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने थपलियाको भनाई छ । आयोगले स्थानीय तहको निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख २३ हजार भन्दा बढी उम्मेदवारलाई डेढ लाखदेखि साढे ७ लाखसम्म जरिवाना गराउने निर्णय भदौ ३१ गते गरिसकेको छ । 

    जरिवाना नतिर्ने व्यक्तिले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने पनि आयोगले निर्णय गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।