Logo

२०८३, श्रावण ३०गते


images
images

'सुखी नेपाली, समृद्ध नेपाल' मेरो प्रस्ताव हो: घनश्याम भुसाल

'सुखी नेपाली, समृद्ध नेपाल' मेरो प्रस्ताव हो: घनश्याम भुसाल

images
  • 'सुखी नेपाली, समृद्ध नेपाल' मेरो प्रस्ताव हो: घनश्याम भुसाल
    images
    images

    देवदह । त्रिभुज चिन्ह लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले 'सुखी नेपाली समृद्द नेपाल'  नाराको प्रस्तावक आफु भएको बताएका छन् ।

    images
    images
    images

    बिहिवार देवदहमा मतदातासङ्ग कुरा गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई समृद्धिको दिशामा लैजान सक्ने दावी गरे । 

    images
    images
    images

    सो क्रममा संविधानको रक्षा र लोकतन्त्रको विकास विना समृद्धिको सपना पूरा नहुँने भन्दै निर्वाचनमा मत माग्न आउने उम्मेदवारसंग संविधानको रक्षा गर्छौ कि गर्दैनौं भनेर प्रश्न गर्न आग्रह गरे ।

    images
    images
    images

    आफू यस क्षेत्रको विकासका लागि समर्पित भएर लाग्ने र त्यो आफुले कुराले मात्रै नभई व्यवहारमै गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।मतदाताले विवेक प्रयोग गरेर  असल र इमानदार उम्मेदवार छान्नुपर्ने उनको भनाइ थियो ।

    त्यसैगरी रुपन्देही क्षेत्र नं. १(१) का उम्मेदवार बिश्वनाथ यादवले 
    गठबन्धनभित्रका उम्मेदवारहरु विकास होस या व्यवहार हरेक क्षेत्रमा इमान्दार भएको बताए।
    पुनर्वास र क्षेत्र नं १ को भौतिक बिकासका लागि गठबन्धनका उम्मेदवारहरु अग्रपंक्तिमा रहेर काम गर्ने बताए। 

    त्यस्तै प्रदेश १(२) का उम्मेदवार अब्दुल रज्जाकले प्रत्येक मतदातालाई सजक र सचेत गराउन जरुरी रहेको बताएका छन् ।मतदातालाई पटकपटक झुठो आश्वासन मात्र दिने काम भएको बताउँदै नेता रज्जाकले मुलुक समृद्द बनाउन बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नरहेको बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।