राजेश पराजुली, गण्डकी प्रदेश । लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार (आज) भरतपुरमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउने भएको छन।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए ।
यस्तै नेकपा (एमाले)ले चितवनमा चुनावी सभा गर्दै छ । कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology