गुल्मी । गुल्मीको सत्यवती गा पा ३ ठुलाेलुम्पेक कुडडाँडामा जिप दुर्घटनामा परि ४ जनाकाे मृत्युु भएकाे छ । ५ जना घाईते भएका छन ।
दुर्घटनामा गाडीधनी ५१ बर्षिय झलकमान साेमै, २५ बर्षिय मिलन तरामु, ४७ बर्षिय रनबहादुर सिंजापती र ५५ बर्षिय टीका राहादीकाे घटनास्थलमै मृत्युु भएकाे हाे । घाईते हुनेमा जमुना साेमै, तार्विङ्ग साेमै, खण्डन साेमै, चेतमान सिंजापती र गीरीबहादुर राहदी रहेकाे वडा अध्यक्ष जितु तरामुकाे भनाई उल्लेख गर्दै कबिराज भुषालले जानकारी दिएका छन् भने जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
घाइतेकाे उपचारकाे लागि मिसन अस्पताल पाल्पा पठाईएकाे छ । हिजाे उनीहरू रिडी गएका र राती फर्कने क्रममा राती करिब २:३० बजेकाे समयमा जिप दुर्घटनामा परेकाे बताएको छ।
जिप सडकबाट करिब २५० मिटर तल खसेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology