Logo

२०८३, श्रावण २७गते


images
images

सीसीएमसीकाे प्रमुखमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

सीसीएमसीकाे प्रमुखमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

images
  • सीसीएमसीकाे प्रमुखमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त
    images
    images

    ११ जेठ काठमाडौ- कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत अर्थात् सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो ।
    नेपाली सेना र माओवादी लडाकुको समायोजनका लागि बनेको विशेष समितिको संयोजकका रुपमा काम गरेका पूर्वरथी शर्मालाई सरकारले सीसीएमसीको जिम्मा दिएको हो । 

    images
    images
    images

    शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि सम्हाल्नेछन । निर्देशक समितिको सदस्य सचिव सीसीएमसीको प्रमुख हुने व्यवस्था छ ।
    यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । हालै पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आएका थिए । उपप्रधानमन्त्री पोखरेल सीसीएमसीको संयोजकमा रहँदा विभिन्न विवादमा मुछिएका थिए । औषधि खरिदमा ओम्नी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री पोखरेलले सीसीएमसीबाट राम्रो कार्यसम्पादन गर्न नसेको निष्कर्षमा प्रधानमन्त्री ओली पुगेका थिए ।
    खासगरी सीसीएमसीको एक महत्वपूर्ण सदस्य नेपाली सेनासँग उपप्रधानमन्त्री पोखरेलको सम्बन्ध सुमधुर नहुँदा सीसीएमसीले प्रभावकारी रुपमा काम गर्न सकेको थिएन ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।