अनिष पन्थी, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वार्ड न ३ हाडहाडेमा रहेको भगवती यूवा क्लब गुल्मीले, हाडहाडे स्वास्थ्य चौकी हाडहाडेका कर्मचारीहरुलाई सुरक्षित वातावरणमा महामारीसंग जुध्नको लागी आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ।
कोरोना सङ्क्रमणको समयमा कति पनि विचलीत नभई संक्रमण नियन्त्रणमा अहोरात्र खटिने स्वास्थ्य संस्थासंग सम्बन्धित कर्मचारीहरूको सुरक्षा अति नै महत्वपूर्ण विषय भएको र उनीहरुलाइ थप ऊर्जाको साथ सुरक्षित तरिकाले काम गर्ने वातावरणको सिर्जना गरिनु पर्दछ भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष यम खत्रीले बताउनुभयो ।
क्लवको उक्त कोभीड नियन्त्रण अभियान मार्फत हाडहाडे गुल्मीका वडा अध्यक्ष विष्णु बहादुर थापा श्रीस तथा क्लव अध्यक्ष खत्रीद्धारा हाडहाडे स्वास्थ्य चौकी गुल्मीका इन्चार्ज बाबुराम पोख्रेललाई एक थान पीपिई, १५ थान फेस शिल्ड, ५ बोतल बोतल हेन्ड सेनिटाईजर र पाँच बन्डल मास्क हस्तान्तरण गरिएको क्लवका सचीव सरोज खत्रीले जानकारी दिनुभयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology