काठमाडाैं । काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खाेजेपछि थापाथली क्षेत्र तनावग्रस्त बनेको छ। थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन महानगरको टोली साेमबार डोजर लिएर त्यहाँ पुगेकाे थियाे। यसपछि स्थानीयहरु हंसिया, लाठी जस्ता घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका थिए। उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले काठमाडौंका मेयर बालेन साह तथा गृहमन्त्रीकाे विरुद्धमा आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै नारावाजी गरिरहेका छन्। एकीकृत बागमती सभ्यता विकास समितिले गत ४ मंसिर सम्मकाे अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology