जेठ १२, पश्चिम नवलपरासी, नन्दु यादव काेराेना भाईरस बाट बच्नु पर्छ भन्ने मूल नाराका साथ नेपाल सरकारले अहिले देशकाे अधिकाश जिल्ला मा निशेधाज्ञा जारी गरेसँगै नवलपरासीमा पनि निशेधाज्ञा जारि नै रहेकाे छ । नवलपरासी मा निशेधाज्ञा पालन गराई राेगबाट आम जनतालाई बचाउने उदेश्यका साथ प्रहरी सडकमा उत्रेकाे छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी अहिले अग्रपङ्क्तिमा रहेर जनतालाई सुरक्षित राख्न अहम भुमिका खेलिरहेका छन् । यसै गरि पश्चिम नवलपरासीमा पनि सिमा देखि राजमार्ग सम्म हरेक क्षेत्रमा प्रहरी परिचालन गरि जनताहरुलाई जनचेतनामूलक सन्देश दिईरहेकाे छ । ठाउँ-ठाउँमा बिनाकामले बाहिर निस्किने आम नागरिकलाई पनि सम्झाई बुझाई गरिरहेकाे छ ।
यसै गरी सिमा प्रहरी चाैकि महेशपुरले पनि प्रत्येक दिन यस्ताे गर्मिकाे समयमा पनि जनचेतना आम नागरिकलाई जगाईरहेकाे छ । बिनाकामले बाहिर ननिस्किन आग्रह गर्दै आएकाे छ ।
माक्स लगाउने, समय-समयमा साबुनपानीले हातधुने, सेनिटाईजर प्रयाेग गर्ने लगायतकाे कुरा आम नागरिकलाई चेतनसिल बनाईरहेकाे सिमा प्रहरी चाैकिका ईन्चार्ज टाेपेन्द्र बुढा मगरले जानकारी दिनु भएको छ ।
यसै गारी सशस्त्र प्रहरी बल हरपुरले बिओपि ले पनि सिमा देखि गाऊ- गाऊमा जनचेतना जगाउदै आएकाे छ । सडकमा गएर आम नागरिकलाई चेतनशिल हुन आग्रह गर्दै आएकाे बिओपिका ईन्चार्ज हरेराम शर्मा दाहालले बताउनु भयाे ।
यसै गरी ईलाका प्रहरी बर्दघाट, सुनवल र बेलाटारीले पनि आम नागरिकहरुलाई राेगबाट बच्न निशेधाज्ञाकाे पालन गर्नुपर्ने कुरामा जाेड दिईदै आएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक प्रकाश बहादुर सिंहले बताउनु भयाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology