Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली सेनाका प्रशिक्षार्थीहरु पोखरा उद्योग वाणिज्य संघमा

नेपाली सेनाका प्रशिक्षार्थीहरु पोखरा उद्योग वाणिज्य संघमा

images
  • नेपाली सेनाका प्रशिक्षार्थीहरु पोखरा उद्योग वाणिज्य संघमा
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रलाई नाफा कमाउने वर्गको रुपमा नहेर्न सबैसँग आग्रह गरेका छन् । 
     
    लगानी गरेपछि नाफा–घाटा दुबैको जोखिम रहने उल्लेख गर्दै उनले राज्यले दिएको अधिकार प्रयोग गर्दै, राज्यलाई कर तिरेर नाफा कमाउनु नै उद्यमशीलता भएको पनि बताए ।  

    images
    images
    images

    नेपाली सेनाको सैनिक कलेज तथा स्टाफ तालिम केन्द्रले संचालनमा ल्याएको सि.सं.२९ कमाण्ड तथा स्टाफ तालिममा सहभागीहरुसँग सोमबार भएको  अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् । 

    images
    images
    images

    तालिममा सहभागीहरुको जिज्ञासाको उत्तर दिने क्रममा उनले पोखरा उद्योग वाणिज्य संघले गरेका विभिन्न सामाजिक कार्यहरुको फेहरिस्त प्रस्तुत गर्दै भने,‘पोखराको शिक्षा र भौतिक निर्माणमा संघले ठूलो योगदान गरेको छ ।’ उनले निजी क्षेत्र विकासको साझेदार भएको पनि जिकिर गरे ।
     
    कार्यक्रममा बोल्दै नेपाली सेनाका महासेनानी जयन्द्र केसीले तालिमको औचित्यमाथि प्रकाश पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३,विदेशी ६ जनासमेत ४२ जना प्रशिक्षार्थीहरु तालिममा सहभागी रहेको बताए । 
     
    सो अवसरमा सेनानी प्रसन पुनले नेपालको आयात निर्यातको अवस्था तथा निर्यात प्रतिस्थापनका उपाय के हुन्छन् भन्ने जिज्ञासा राखे भने मेजर सावित्री जिसीले आयातित बस्तु नियन्त्रण र स्वदेशी उत्पादनको उपभोग बढाउन के गर्नुपर्ला भन्ने प्रश्न गरिन् । मेजर सन्तोष चन्दले नेपाली सेनाले आर्थिक समृद्धिको लागि निजी क्षेत्रसँग कहाँ सहकार्य गर्नसक्छ भन्ने जिज्ञासा राखेका थिए । मेजर राजविक्रम ठकुरीले बैंकको बढ्दो ब्याजदरले निजी क्षेत्रलाई पारेको समस्या, उमेश खड्काले सेनाले मुस्ताङमा संचालन गरेको ट्रायथलनले पर्यटनमा पु¥याएको सहयोग तथा सशस्त्रका डिएसपी आनन्द थापा मगरले विशेष आर्थिक क्षेत्र ( सेज) को स्थापनाबारे जिज्ञासा राखेका थिए । 

    images
    images
    images

    कार्यक्रममा सेनाको तर्फबाट मेजर वेदबहादुर खड्काले धन्यवाद र दीपेन्द्र भण्डारीले स्वागत गरेका थिए ।

    पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने हो भने सुरक्षा निकायहरुले सर्वप्रथम स्वदेशी उत्पादन उपभोग गर्नुपर्ने तर्क गरे । उनले सरकार र सरकारी निकायहरुले व्यापार गर्ने नभएर निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने धारणा पनि राखे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।