Logo

२०८३, श्रावण ३०गते


images
images

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान आज

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान आज

images
  • सेतोमसी सहकर्मी
  • दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान आज
    फाईल फोटो
    images
    images
    काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुनः मतदान हुने भएको छ । बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुनः हुन लागेको हो ।  
     
    मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।  मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् ।
     
    आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो । कहाँ कहाँ हुँदैछ मतदान ? -वैतेश्वर गाउँपालिका-६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’   -वैतेश्वर गाउँपालिका-३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुनः मतदान
  • # दोलखा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।