Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपामा लफडा सुरु, जिल्ला सभापति बर्खास्त गर्न २ सय ४० जनाको माग

रास्वपामा लफडा सुरु, जिल्ला सभापति बर्खास्त गर्न २ सय ४० जनाको माग

images
  • रास्वपामा लफडा सुरु, जिल्ला सभापति बर्खास्त गर्न २ सय ४० जनाको माग
    images
    images

    मकवानपुर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै २ सय ४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन् । 

    images
    images
    images

    मंसिर ४ गते सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै जिल्ला सभापति न्यौपानेलाई बर्खास्त गर्न माग गर्दै केन्द्रमा पत्राचार गरिएको हो । स्रोतका अनुसार २ सय ४० जना पार्टी सदस्यले न्यौपानेलाई बर्खास्त गर्न माग गरेर पार्टीको केन्द्रीय कार्यालयमा इमेल गरेका छन् । 

    images
    images
    images

    न्यौपानेले समानुपातिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदवारको घरमै लगेर भेटघाट गराएको आरोप छ । यता न्याैपानेले भने आफूमाथि गुटबन्दी भएकाे प्रतिक्रिया दिएका छन् । 

    images
    images
    images

    पार्टीले राष्ट्रिय दलकाे हैसियत पाएसँगै जिल्लामा आफूलाई हटाउन चलखेल सुरु भएकाे उनले दाबी गरे । विपक्ष दलका उम्मेदवार भेटेकाे विषयमा उनले पार्टीको निर्वाचनमा खेलिने कुटनीतिअनुसार भेट गरेकाे बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।