राहुल देव सापकोटा । नेपालमा चुनाबको माहोल भर्खरै शान्त भएको छ। चुनाबमा नेताहरूले देश विकासको जति नै बहस गरेपनि एउटा सरकार फेरिएर अर्को सरकार बन्ने बाहेक थप परिवर्तन होला भन्नेमा युवा पुस्ता विश्वस्त छैन। देशमा रोजगारी नपाएर बिदेशीने युवाहरुको भिड हिजो जस्तो थियो, आजपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उस्तै छ । र, यहि अवस्था कायम रहे यहाँको अवस्था भोलिपनि यस्तै रहने अनुमान गर्न धेरै अध्ययन गरिरहनु पर्दैन।
औसतमा यहाँबाट दैनिक पन्ध्र सयदेखि दुइहजारसम्मको संख्यामा युवा बाहिरिने गरेका छन्। ति मध्ये कोहि खाँडी मुलुक, कोहि जापान, कोरिया, कोहि युरोप-अमेरिकी देश त कोहि अष्ट्रेलिया जाने गरेका छन्। खाडी मुलुकमा कामकै लागि भनेर युवा गएपनि युरोप, अमेरिका र अष्ट्रेलियामा जानेहरूमध्ये अधिकांशसंग विद्यार्थी भिसा हुनेगर्छ। भिसा जुनसुकै भएपनि विदेशीनेहरू कामको खोजि र भविष्यको चिन्ताले नै देश छाडेका हुन्। तर नेपालमा भविष्य नदेखेर वा काम नपाएर विदेशिने ति युवाहरू भिसा प्रक्रियादेखि हवाई टिकट खरिदसम्म नेपालमा त ठगिन्छन नै, गन्तब्य मुलुकमा पुगेपछि पनि उनीहरू ठगिने क्रम जारि नै रहन्छ, त्यो पनि विदेशी नागरिकबाट होइन, नेपालीबाटै । नेपालीबाट नेपाली ठगिने देशमा अन्य देशजस्तै अष्ट्रेलिया पनि एक हो।
करिब तीन महिनाअघि नेपालबाट उच्च शिक्षा अध्ययन र कामका लागि विदेशिने हजारौं युवासंगै दुई युवाहरु अस्ट्रेलिया पुग्छन । जनतन एउटा कोठा अनि काम खोजेर आफ्नो दैनिकी विदेशी मुलुकमा सुरु गर्छन ।
केही समयपछी उनिहरुको त्यो कोठामा बस्ने अवधी सकिन्छ र उनिहरु अर्को कोठाको खोजिमा लाग्छन । एक साथी काममा भैरहेका बेला अर्को साथी कोठाको खोजिमा लाग्छ। उसले 'कामकोठा' नामक एपमा आफुहरुलाइ स्टार्टफिल नाम गरेको ठाउँमा कोठा चाहिएको विवरण सहित पोस्ट गर्छ। पोस्ट गरेको केही समयमानै उसलाइ एक फोन आउँछ र फोन गर्ने व्यक्तिले स्टार्टफिलमा आफू सङ्ग कोठा भएको र बस्नकालागि भाडामा दिन खोजेको बताइसकेपछी उनिहरु बिच केही समय पछी भेट्ने निर्णय हुन्छ ।
युवक स्टार्टफिल्ड पुग्छ अनि उक्त व्यक्तिलाई भेट्छ। अक्टोबर २५ मा भेट्न जाँदा सो व्यक्तिले देखाएको कोठामा सामान हुन्छ। युवकले कोठामा सामान देखेर प्रश्न गर्न नपाउदै उस्ले भन्छ "तिमी अहिले कोठा नसर्नु मेरो सुझाव मान्छौ भने तिमी नोभेम्बर १२ वा १३ तिर सर । ती मान्छेहरु पनि कोठा छाड्छन अनि कोठामा कलर गर्नु छ। वासिङ्ग मेसीनं अनि फ्रीज र अन्य सामान राख्नु छ।" उसको यति कुरा सुनिसकेपछी युवकले आफ्नो साथिलाइ फोन गर्दै कोठा राम्रो भएको र बस्नका लागि उचित भएको बताउँछ। उनिहरु दुबैजनाले त्यहि बस्ने निर्णय गर्छन । डिल पक्का हुन्छ।
कोठा देखाउने व्यक्तिले कोठा बापतको ६ हप्ताको धरौटी रकम माग्छ । सामान तोडफोड वा कोठाको कुनै हानी नोक्सानी भए सो रकम बाट उक्त नोक्सानीको असुली गर्ने सहमती सङ्गै अन्य केही महिनाको अग्रिम कोठा भाडाको रकम माग्छ। एक जनाको भागमा करिव ७४० अस्ट्रेलियन डलर पर्ने गरि उसले रकम मागेपछी युवकले आफ्नो साथिलाइ फोन सम्पर्क गर्छ र आफ्नो साथी काममा भएकाले उसको पनि रकम आफैले तिरिदिने बताउँदै दुबै साथिको कुल रकम १४८० अस्ट्रेलियन डलर सो व्यक्तिलाई बुझाउँछ। जसको नेपाली रुपैयाँसङ्ग बिनिमय गर्ने हो भने करिव १ लाख २२ हजार पुग्न जान्छ। युवकले बुद्धि पुर्याउँदै कोठावाला व्यक्तिको पासपोर्ट माग्छ र फोटो खिच्छ। कोठा सर्ने निधो गरेर युवक आफ्नो कोठामा फर्किन्छ ।
नोभेम्बर १४ मा उनिहरु कोठा सर्ने निर्णयसङ्गै तमतयार अवस्थामा बसेकाबेला नोभेम्बर १४ को अघिल्लो रात अर्थात नोभेम्बर १३ राती को नौ बजे कोठा हेर्न गएका युवकलाइ काममा जान लागेका बेला उसको साथिको फोन आउँछ। उसले युवकलाइ म्यासेनजरमा आफुले पठाएको भिडियो हेर्न आग्रह गर्छ । भिडियो हेरिसकेपछी काममा हिडेको युवक तर्सिन्छ। त्यो भिडियोमा एक व्यक्तीले करिव २५ जना नेपाली बिद्यार्थीलाई स्टार्टफिल्डको एउटै कोठा देखाएर रकम लिगेको र कोठा नदिएको कुरा सुन्छ । एकाएक उ अतालिन्छ। उ काम नगरी हसङ्गफसङ्ग गर्दै साथिकोमा पुग्छ।
उसले तुरुन्तै कोठावाला व्यक्तिलाई सम्पर्क गरेर आफ्नो पैसा फिर्ता माग्छ । तर त्यो व्यक्तीले आफू सङ्ग पैसा नभएको र पैसा २९ नोभेम्बरसम्म दिने बाचा गर्छ ।
पछी सामाजिक संजालमा आफू ठिगिएको विवरण सहित अर्का नेपाली युवकले पोस्टाएपछी एकाएक ठगिएका करिव २५ जना युवायुवतीले उसलाइ सम्पर्क गर्छन र म्यासेन्जरको ग्रुप बनाउँछन र सो व्यक्तीलाइ एड गरेर पैसा फिर्ता गर्न दबाब दिन्छन । सो व्यक्तीलाइ भेटेर ती युवा युवतीले आफुले सबै रकम ठगी गरेको र रकम फिर्ता गर्ने सर्त सहित सहमती पत्रमा हस्ताक्षर गरेको भिडियो एतिबेला सेतोमसीलाइ प्राप्त भएको छ।
झापा जिल्ला घर भएका ती ठगी गर्ने व्यक्तिका बाबू आमा काठमाडौमा बसोबास गर्दै आएको पिडित युवक बताउँछन । आफू अस्ट्रेलिया आइसकेपछी साथिसङ्ग स्टार्टफिल्डमा बस्दै आएको र कृप्टो करेन्सीमा पैसा लगानी गरेको ८० लाख रकम सबै डुबेको र उसको साथि (गर्लफ्रेन्ड) ले समेत छाडेर गएपछि त्यहि लोन तिर्नकालागि आफू ठगी काममा लागेको कुरा उक्त व्यक्तीले आफूहरूलाई बताएको पिडितमध्ये एक युवकले सेतोमसीलाई जानकारी दिए । पिडित युवकका अनुसार यस प्रकारका ठगिका घटना अष्ट्रेलियामा दैनिक जसो हुने भएपनि सार्वजनिक नहुँदा ठगिकार्य मौलाउदै गएको हो। यस प्रकारका घटनाका बारेमा सबैलाइ जानकारी हुन आवस्यक रहेको र अन्य नेपाली पनि नठगिउन भनेर घटना सार्वजनिक गरेको पिडित युवकको भनाई छ ।
आफ्नो परिवार र प्यारो देश छाडेर पर्देशिएका युवाहरु आफ्नै नेपाली दाजुभाईद्वारा अरुको देशमा ठगिनु बिडम्बनाको हो । यसप्रकारका घटनाले न विदेशमा नेपाली-नेपालीविच विश्वास र आत्मियता रहन्छ न त अन्तराष्ट्रिय जगतमा नेपाल र नेपालीको पहिचान नै राम्रो हुन्छ। हरेक नेपाली यसप्रकारका गतिविधिमा संलग्न नहुन र सबै सचेत हुन आवस्यक छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology