Logo

२०८३, श्रावण ३०गते


images
images

उद्योगधन्दा खुले रोजगारी सिर्जना हुन्छ: महावीर पुन

उद्योगधन्दा खुले रोजगारी सिर्जना हुन्छ: महावीर पुन

images
  • उद्योगधन्दा खुले रोजगारी सिर्जना हुन्छ: महावीर पुन
    images
    images

    राजेश पराजुली, पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारको काम रोजगारी सिर्जना गर्नु नभएको बताएका छन् । उनले सरकारको काम व्यवसाय संचालनको वातावरण सिर्जना गर्नुमात्र रहेको जिकिर गरे ।

    images
    images
    images

    व्यवसाय संचालनमा आए स्वतः रोजगारी सिर्जना हुने उनको भनाइ थियो । ‘अहिलेको चुनावमा पार्टीहरूले के घोषणा गरे भने आफ्नो घोषणापत्रमा पाँच वर्षको कार्यकालमा चुनाव जितेर हाम्रो सरकार बन्यो भने १० लाख, २० लाख, १५ लाख रोजगारी सिर्जना गर्छौं,’ पुनले भने,‘ जुन कुरा गलत हो ।

    images
    images
    images

    सरकारले कुनै पनि देशमा कहिल्यै पनि रोजगारी सिर्जना गर्दैन ।’ पुन पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ ’ अन्तर्गत आयोजना गरिएको ‘सम्भव छ–स्वदेशी सीपबाट समृद्धिको यात्रा’ विषयमा केन्द्रीत रहेर पत्रकार केशवशरण लामिछानेसँग गफिँदै थिए । उनले सरकारले जागिर दिएर विदेश जानबाट मुक्ति मिल्ने नागरिकको सोच पनि गलत भएको तर्क गरे ।

    images
    images
    images

    ‘रोजगारी सिर्जना गर्ने उद्योगधन्दा र व्यवसायले हो’, उनले भने, ‘कुनै कारखाना खोल्यो भने २०, ५०, २०० कामदार चाहिन्छ । त्यहाँ रोजगारीे सिर्जना भयो ।’ उनले उद्योगधन्दा खोल्ने वातावरण निर्माण,नियम–कानून बनाउने र लगानीकर्तालाई प्रोत्साहित गर्नु राज्यको दायित्व भएको बताए । लगानीको वातावरण निर्माण भए लगानीकर्ताहरुले खुसीका साथ उद्योगधन्दा खोल्ने जिकिर गर्दै उनले व्यावसायिक सम्भावना भएका क्षेत्रमा मात्र लगानी गरिनुपर्नेमा जोड दिए । कलेजमा पढाएर पढाएर व्यवसायी उत्पादन नहुने तर्क गर्दै उनले भने,‘ कलेजमा पढाएर हामीले व्यवसायी उत्पादन गर्छौं ठान्छन् । कलेजमा युनिभर्सिटीमा पढेर केही आइडिया लिने बेग्लै कुरा हो । व्यवसायीमा सिर्जनशीलता हुनुपर्छ र त्यसलाई अलिकता मलजल चाहिँ गर्नुपर्छ ।’ उनले राष्ट्रिय आविष्कार केन्द्रले व्यापारको लागि सामानहरु उत्पादन गर्ने अभियान संचालन गरेको जानकारी पनि दिए । बजारमा माग भएका र दैनिक जीवनमा प्रयोग हुने सामग्री निर्माण गर्ने अभियानमा केही सफलता हात लागेको उनको भनाइ थियो ।

    ‘विदेशबाट ल्याउँदाभन्दा धेरै सस्तोमा हामीले विभिन्न सामान बनाउन सकिँदोरहेछ’,उनले भने,‘तपाईंसँग पनि त्यस्ता सामान बनाउने चाहना छ भने हामीसँग हातेमालो गर्न सक्नुहुन्छ ।’ गण्डकी विश्वविद्यालयसँगको सहकार्यमा पोखरामै नयाँ र जीवनपयोगी सामग्रीको उत्पादन थालिएको बताउँदै उनले ती सामानहरुको ठूलो उत्पादनको जिम्मेवारी भने अर्कै कम्पनीले लिनुपर्ने बताए । बाल्यकालको स्मरणदेखि दुर्गम गाउँमा बेतारे इन्टरनेट सेवा पु¥याउने अभियानसम्मको स्मरण सुनाउने क्रममा उनले आफूलाई मुर्खको रुपमा चित्रित गरे । ‘नसक्ने काम गर्ने,स्रोत साधन नहुँदा पनि काम आँट्ने मेरो बानी देखेर मान्छेहरुले मलाई मुर्ख भने’,उनले थपे,‘हो म मुर्ख नै हुँ, २० वर्षअघि पोखरामा भर्खरै इण्टरनेट सुरु भएको बेला गाउँमा बिना तार इण्टरनेट पु¥याउँछु भन्नु मुर्खता नै थियो ।’ उनले पैसा नै नहुँदा आविष्कार केन्द्र खोल्ने काम पनि मुख्र्याइँ नै भएको बताए ।

    म्याग्दीको नागीबाट ९ कक्षा पढ्न चितवन पुगेपछिमात्र आफूले चप्पल लगाएको स्मरण गर्दै उनले जीवनलाई सहज बनाउनु नै आफ्नो ध्येय रहेको बताए । मेलामा सांस्कृतिक कार्यक्रमको रन्को यसैबीच समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएका स्टलहरुबाट विशेष छुटमा विभिन्न सामग्रीहरु बिक्री भइरहेको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलामा रहेका विभिन्न कम्पनीहरुले त्यस्तो छुट दिएका हुन् । टिकट व्यवस्थापन उपसमितिका संयोजक सुदीप ओझाले मेलाको प्रवेश टिकटमा दैनिक पुरस्कारको व्यवस्था गरिएको र मेला समापनमा बम्बर उपहार पनि रहेकाले टिकटको अर्धकट्टी सुरक्षित राख्न अवलोकनकर्तासँग अनुरोध पनि गरे ।

    यता, मेलामा दैनिक आयोजित सांस्कृतिक कार्यक्रमले पनि अवलोकनकर्तालाई थप मनोरञ्जन प्रदान गरिएको सांस्कृतिक व्यवस्थापन उपसमितिकी संयोजक शोभा गौतमले बताइन् । उनका अनुसार शनिबार कलाकारहरु सरस्वती लामिछाने, पूजा गुरुङ, रमेशराज भट्टराई,रामजी पौडेल,नेत्र खड्का, हाँस्यकलाकार रवि डंगोल,पूर्ण थापालगायतका कलाकारले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

    आइतबार रितु कँडेल,लक्ष्मी बानिया, पार्वती गुरुङ, रामजी खाँड,कृष्ण सुवेदी, जगत पौडेल, मिलन पौडेललगायतको प्रस्तुति रहने उनले बताइन् । यसका साथै डान्स आइडल र रत्यौली गीत प्रतियोगिता पनि मेलाको आकर्षण भएको उनको जिकिर छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।