पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९३९ जना नयाँ संक्रमित थपिएका छन्। एन्टिजेनमा २०८ र पिसिआर परीक्षणमा ६७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २० हजार ४१४ पिसिआर र ५७८ एन्टिजेन परीक्षण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ५ लाख ४२ हजार २५६ जना पुगेको छ।
२४ घण्टामा ७२२६ जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १०६ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ६९५१ पुगेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology