Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभामा १२ वटा दल, ७ दललाई राष्ट्रिय मान्यता, कुन दलको सांसद संख्या कति?

प्रतिनिधिसभामा १२ वटा दल, ७ दललाई राष्ट्रिय मान्यता, कुन दलको सांसद संख्या कति?

images
  • प्रतिनिधिसभामा १२ वटा दल, ७ दललाई राष्ट्रिय मान्यता, कुन दलको सांसद संख्या कति?
    images
    images

    काठमाडौं । प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व हुने भएको छ । समानुपातिकमा थ्रेस होल्ड कटाएका ७ वटा दलले राष्ट्रिय मान्यता पाएका छन् ।

    images
    images
    images

    निर्वाचन आयोगको समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार मतगणनाको काम सकिएसँगै दलले पाउने सिट संख्याको टुंगो लगाएर दलहरुलाई पत्राचार गरिएको छ। 

    images
    images
    images

    अन्तिम मत परिणामअनुसार कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउने एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत गरी ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८ सय २ मत आवश्यक पर्ने आयोगले जनाएको छ ।

    images
    images
    images

    समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ तथा नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ १० सिट जितेपनि थ्रेसहोल्ड कटाउन भने सकेन । राष्ट्रिय दल बन्न एकीकृत समाजवादीलाई १८ हजार ४ सय ११ मत अपुग भएको छ । थ्रेसहोल्ड नकटाउने अरु ४० वटा दलले प्राप्त गरेको समानुपातिकतर्फको मत पनि खेर गएको छ ।

    आयोगका अनुसार सबैभन्दा बढी एमालेले थ्रेसहोल्ड कटाउने ७ दलको मत जोडेर आउने हिसावको ३० प्रतिशत मत प्राप्त गरेको छ । एमालेले समानुपातिक तर्फ ३४ सिट पाउने भएको छ । एमालेको प्रत्यक्षमा ४४ सिट छ । कुल ७८ सिटसहित एमाले दोस्रो दल बनेको छ ।

    समानुपातिकमा दोस्रो रहेको नेपाली कांग्रेसले झण्डै २९ प्रतिशत मत प्राप्त गरेको छ । कांग्रेसले ३२ सिट प्राप्त गर्ने देखिएको छ । प्रत्यक्षतर्फ ५७ र समानुपातिकको ३२ गरी कांग्रेस कुल ८९ सिटसहित पहिलो दल बनेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले झण्डै १२ प्रतिशत मत प्राप्त गरेर १४ सिट पाउने भएको छ । माओवादीले प्रत्यक्षतर्फ १८ र समानुपातिकमा १४ गरी ३२ सिट पाएको छ । 

    राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकमा १२ प्रतिशत मत प्राप्त गरी १३ सिट पाउने भएको छ । स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जितेको छ । कुल २० सिटसहित स्वतन्त्र पार्टी चौथो दल बनेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत मत प्राप्त गरेको छ । राप्रपाले ७ सिट पाउने भएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको गरी राप्रपाको १४ सिट हुने भएको छ । जनता समाजवादी पार्टीले ४ प्रतिशत मत प्राप्त गरेको छ । उसले ५ सिट पाउने छ । जसपाको प्रत्यक्षतर्फ ७ सिट रहेको छ । जसपाको समग्रमा १२ सिट हुनेछ । त्यस्तै जनमत पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर समानुपातिक तर्फ ५ सिट प्राप्त गर्ने भएको छ । जनमतको प्रत्यक्षमा १ सिट छ । जनमतको कुल ६ सिट हुनेछ । निर्वाचन आयोगले अन्तिम विवरण तयार पार्ने काम भैरहेको जनाएको छ ।

    प्रतिनिधि सभामा १६५ क्षेत्रमध्ये प्रत्यक्ष सिटमा विजयी भएर पनि थ्रेसहोल्ड नकटाएर राष्ट्रिय दल नबनेका दलमा एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।