Logo

२०८३, श्रावण ३०गते


images
images

बिहे भोज खाएकाहरु विरामी भएपछि रवि लामिछानेको रोहबरमा चितवन गार्डेन रिसोर्ट शील

बिहे भोज खाएकाहरु विरामी भएपछि रवि लामिछानेको रोहबरमा चितवन गार्डेन रिसोर्ट शील

images
  • बिहे भोज खाएकाहरु विरामी भएपछि रवि लामिछानेको रोहबरमा चितवन गार्डेन रिसोर्ट शील
    images
    images

     भरतपुर । भरतपुरको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएकाहरु बिरामी परेपछि शील लगाईएको छ । आज साँझ चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछाने र चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माको उपस्थितिमा रिसोर्टमा शील लगाईएको हो । आज मात्रै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समेत रिसोर्टको अनुगमन गरेकी थिइन्।

    images
    images
    images

    नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरुले भरतपुरमा रहेको उक्त रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका थिए । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ ।

    images
    images
    images

    आजै अनुगमन टोलीले होटलको अनुगमन गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुर, स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाका प्रतिनिधिसहितको टोलीले  होटलको अनुगमन गरेको हो ।

    images
    images
    images

    अनुगमनको क्रममा उपभोग्य मिति समाप्त भएका अखाद्य बस्तु होटलमा भण्डारण गरेर राखेको भेटिएको सहायक प्रजिअ शर्माले बताए । होटलको भान्सालाई प्रदुषणमुक्त बनाउनका लागि स्वचालित ढोका नभएको, मासु जन्य पदार्थ राख्नका लागि डि फ्रिजको तामक्रम न्युनतम माइनस १८ हुनुपर्नेमा माइनस ३ मात्रै पाईएको पनि उनले जानकारी दिए ।

    अनुगमनको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र त्यसपछि थप प्रक्रिया अघि बढाइने उनले बताए । होटल सञ्चालकलाई बुधवार प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको सहायक प्रजिअ शर्माले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।