अनिष पन्थी, गुल्मी । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको चेनब्रेकको लागि भन्दै गुल्मीमा निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बाइएको छ ।
जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र
(डिसिसिएमसि)को बैठकले जेठ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ।
यस अगाडी थप गरिएको निषेधाज्ञाको समय भने जेठ १५ गते भोली राती १२ बजे सकिदैछ । थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन् । निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology