काठमाडौ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।
बुधबार बिहान सिंहरदरबारस्थित दलको कार्यालयमा भएको मतदानका क्रममा देउवा ६४ मतसहित दलको नेतामा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका छन्।
दलको नेतामा निर्वाचित भएसँगै देउवाका लागि छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए । तर नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।
तर बुधबार बिहान भएको मतदानमा देउवा ६४ मतका साथ दलको नेतामा निर्वाचित हुँदा गगनले २५ मत मात्र पाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology