Logo

२०८३, आश्विन ११गते


images
images

दुर्गा प्रसाईंको सहयोग प्रस्ताव उज्वल परिवारद्वारा अस्वीकार 

दुर्गा प्रसाईंको सहयोग प्रस्ताव उज्वल परिवारद्वारा अस्वीकार 

images
  • दुर्गा प्रसाईंको सहयोग प्रस्ताव उज्वल परिवारद्वारा अस्वीकार 
    images
    images

    काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ ।

    images
    images
    images

    शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचचाररत उज्वल थापाको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए । तर शनिबार नै परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरिएको प्रेस नोटमा उक्त सहयोग अस्वीकार गरिएको हो 

    images
    images
    images

    ‘उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’ प्रेस नोटमा भनिएको छ ।

    images
    images
    images

    थापाको सहयोगका लागि हालसम्म अमेरिकी डलर २२,२९१ र नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको परिवारले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।