देवदह। रुपन्देहीको देवदह -७ मा अवस्थित देवदह माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष चयन प्रक्रिया नियम विपरित भएको भन्दै विद्यालय व्यवस्थापन समितिका निर्वाचित सदस्यले आपत्ति जनाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै व्यवस्थापन समितिका सदस्य प्रेम थापाले देवदह ७ का वडा अध्यक्ष कृष्ण अधिकारीले राजनीतिक हस्तक्षेप गरि निर्वाचित अभिभावकबाटै अध्यक्ष चयन गर्ने विकल्प हुँदाहुँदै एकलौटी ढंगले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरेको आरोप लगाएका हुन् ।
विद्यालयका अभिभावकमध्यबाट विद्यालय व्यस्थापन समितिमा निर्वाचित ४ जना सदस्य प्रेम थापा, फुलमाया राना, निता सुनार र यमकला भट्टराई मध्येबाटै अध्यक्ष चयन गर्ने विकल्प हुँदाहुँदै विद्यालय जस्तो पवित्र ठाउँमा राजनीतिक हस्तक्षेप गरि पटक टक बैठक सारिएको र निर्वाचित अभिभावकसंग कुनै सर-सल्लाह नगरी अध्यक्ष चयन गरिएको भन्दै थापाले आपत्ति जनाएका हुन् ।
विद्यालयलाई नमुना बनाउछु भनेर भाषण गर्नेहरुले आफ्ना छोरा छोरी महंगा प्राइभेट स्कुलमा पढाउने गरेको बताउंदै थापाले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन समेत चुनौती दिए । आफुले पात्रको भन्दा पनि प्रवृतिको विरोध गरेको थापाको भनाई थियो ।
अर्का अभिभावक गोबिन्द पराजुलीले अभिभावकको अधिकारलाई बन्चित गरिएको भन्दै विद्यालय क्षेत्रमा हुने यस्ताखाले राजनीतिक खिचातानीले विद्यार्थीको भविष्य अन्यौल हुने गरेको उल्लेख गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology