Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह माविले मनायो ३९औं वार्षिकोत्सव, नगरकै उत्कृष्ट विद्यालय बनाउने प्रतिवद्धता

देवदह माविले मनायो ३९औं वार्षिकोत्सव, नगरकै उत्कृष्ट विद्यालय बनाउने प्रतिवद्धता

images
  • देवदह माविले मनायो ३९औं वार्षिकोत्सव, नगरकै उत्कृष्ट विद्यालय बनाउने प्रतिवद्धता
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नम्बर ७ स्थित देवदह माध्यमिक विद्यालयले ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिहिबार एक औपचारिक समारोहबीच विद्यालयले वार्षिकोत्सव मनाएको हो। 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले शिक्षा क्षेत्रको समग्र विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए । शिक्षा र स्वास्थ्य विना सम्वृद्धि सम्भव नहुनेमा जोड दिदै प्रमुख खरेलले समाज विकासको आधार नै शिक्षा भएकोमा जोड दिए। नगरपालिकाले शिक्षालाई छुट्टाइने वजेट बढाएर २० प्रतिशत बनाइएको बताउंदै उनले विद्यालय व्यवस्थापन समितिले अघि सारेका योजना र कार्यक्रम कार्यान्वयनमा नगरपालिकाले यथासम्भव सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    images
    images
    images
    328984546_695602002045595_6466523851707298360_n.jpeg

    त्यसैगरी नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले छोरा र छोरीलाई दिइने शिक्षामा समानता ल्याउन अझै केहि काम गर्नुपर्ने बताउंदै नगरपालिकाले सबैखालका सामाजिक विभेदको अत्यको लागि काम गरिरहेको बताइन। नगरपालिकाको प्राथमिकतामा शिक्षा पहिलो नम्बरमा रहेको उल्लेख गर्दै उपप्रमुख गुरुङले  सबैको प्रयास र सहकार्यमा आफूहरू अगाडी बढ्ने धारणा व्यक्त गरिन।

    images
    images
    images
    328633306_766557078227261_4238171264190411554_n.jpeg

    सो अवसरमा अध्यक्षको प्रतिवेदन पेश गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेललले केही बर्षमै विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार गर्ने गरि आफूहरूले काम गरेको बताए । विद्यालयको स्वामित्वमा रहेको ११ बिघा जग्गाको गुरुयोजना बनाएर भविष्यमा नगरपालिकाकै नमुना विद्यालय बनाउने गरी आफूले मेहनत गरेको अधयक्ष खरेलको भनाई छ । विद्यार्थीलाई दिवा खाजाका लागि दिइने १५ रुपैयाँ ज्यादै कम भएकोले बढाउन, टिनको छानामा फल्ससिलिङ राख्न र विद्यार्थी र विद्यालयको सुरक्षाको लागि सिसिटिभी क्यामेरा जडान गर्नमा नगरपालिकाले सहयोग गर्नुपर्ने अध्यक्ष खरेलले माग गरे ।

    322604625_1235648570368424_3955006168201063685_n.jpeg

    विद्यालयको बार्षिक प्रगति विवरण सार्वजनिक गर्दै विद्यालयका प्रधानानाध्यापक केशव घिमिरेले विद्यार्थी संख्या र शिक्षाको गुणस्तरमा प्रयाप्त सुधार भएको जनाउदै भौतिक पूर्वाधार विकासमा नगरपालिकाले सहयोग गर्न अनुरोध गरे।  

    कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेडक्वार्टरका पृतनपति यम ढकाल, नगरपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल,नगर शिक्षा अधिकारी टिकाराम शर्मा,देवदह आदर्श क्याम्पसका प्रमुख मित्रलाल शर्मा,एमाले जिल्ला सदस्य प्रकाश अर्याल,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष उमाकान्त अधिकारी, पुर्व प्रधानाध्यापक लिलाधर पाण्डे, शिक्षिका इन्दिरा अर्याल,शिक्षक हरि पाण्डे, टिका अधिकारी लगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका थिए। 

    328846527_2090422614484450_6530457137285782644_n.jpeg

    सो अवसरमा विद्यार्थीहरूले गीत, नृत्यसंगै पिटीको प्रस्तुति देखाएका थिए भने उत्कृष्ट शिक्षक शिव पौडेल र दुर्गा पन्थी तथा कर्मचारी रामु गैरेलाई सम्मान गरिएको थियो ।

    328946457_581720756811704_5345176999281190027_n.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।