देवदह । देवदह माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पुन: सुरज खरेल चयन भएका छन् । बुधवार सम्पन्न अभिभावक भेलाले खरेललाई दोस्रो कार्यकालको लागि निर्वाचित गरेको विद्यालयका प्रधानाध्यापक हरी पाण्डेयले जानकारी दिए ।
अभिभावक भेलाले अभिभावकमध्येबाट सर्वसम्मत रूपमा यमकला भट्टराई, धनबहादुर विक, जीवन विक्रम कुँवर, कला रानालाई निर्वाचन गरेको र पहिलो बैठकले सुरज खरेल र पूर्णकला बस्याललाई मनोनित गरी नेतृत्व चयन गरिएको विद्यालयले जनाएको छ ।
यसअघि अध्यक्षको रूपमा काम गर्दा विद्यालयको भौतिक पूर्वाधार विकास र समग्र शिक्षाको गुणस्तर वृद्धिमा काम गरेको हुनाले खरेलको नेतृत्वमा सहज ढंगले नयाँ समिति चयन भएको विद्यालयको दावी छ ।
त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा भगवती भट्टराई चयन भएको विद्यालयले जनाएको छ ।
अभिभावक भेलामा देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नगर शिक्षा अधिकृत परशुराम ढकाल लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology