देवदह । रुपन्देहीको देवदहमा प्रार्थना व्यवस्थापन, असल विद्यार्थी र अभिभावकत्व सम्बन्धि दुई दिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नं ७ मा अवस्थित देवदह माध्यमिक विद्यालयमा बुधबार र एक समारोह विच कार्यक्रम समापन गरिएको हो ।
विद्यालयको कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा हरेश ओलीले विद्यार्थी, अभिभावक र शिक्षकको लागि अभिमुखिकरण तालिम दिए । देशका बिकट र दुर्गम ठाउँमा प्रशिक्षण दिदैं गर्दा आफुले संकलन गरेका त्यहाँका विद्यार्थीहरुका जीवन भोगाई र संघर्षलाई प्रशिक्षक ओलीले प्रस्तुत थिए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदह नगरपालिकामै पहिलो पटक प्रार्थना व्यवस्थापन, असल विद्यार्थी र अभिभावकत्व सम्बन्धि उत्प्रेरणा कार्यक्रम भएको बताइन् । कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले अहिलेको अवस्थामा नगरपालिकाले शिक्षा र स्वास्थलाई प्राथमिकता दिदै अगाडि बढेको बताइन् । उनले विद्यार्थीको जीवनमा किताबी ज्ञान मात्र नभइ व्यवाहारिक र प्रयोगात्मक शिक्षासमेत महत्त्वपूर्ण रहेको विचार व्यक्त गरिन ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, विद्यालयका पुर्व प्रधानाध्यापक केशब प्रसाद घिमिरे, अभिभावक धन बहादुर विक लगायतले बोलेका थिए । सो अवसरमा खैरेनी प्रहरी चौकीका प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले बाल विवाह, दुर्व्यसन र लागु पदार्थ सम्बन्धि जानकारी दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद पाण्डेको स्वागत र शिक्षक इन्दिरा अर्यालको सन्चालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology