रेशम अधिकारी, बुटवल । नेपाल फर्मास्युटिकल ल्याव समाजकल्याण संस्थाद्वारा लुम्बिनी प्रदेश बुटवल को गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई ५० थान पिपिइ हस्तान्तरण गरेको छ । विभिन्न समाजिक कार्यहरुमा क्रियाशील समाजकल्याण संस्थाले उक्त पिपीई हस्तान्तरण गरेको हो ।
बिश्वभर फैलिरहेको कोराना माहामारीको बीचमापनि अस्पतालमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ कर्मीहरुलाई मध्य नजर गर्दै स्वास्थकर्मीहरुको सुरक्षाको लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक डा. समिर गौतमलाई हस्तान्तरण गरिएको हो ।
नेपाल फर्मास्युटिकल ल्याव समाजकल्याण संस्थाका प्रतिनिधी गोबिन्द अर्यालले विश्व जगत नै कोरोना माहामारीबाट गुज्रिएको अवस्थामा सबै जनाले आफुले सक्दो सहयोग गर्दै एकजुट भएर कोरोनाबाट जोगिन र जोगाउन लाग्नु पर्ने बताएका छन् ।
उक्त पिपिई हस्तान्तरण कार्यक्रममा संस्थाका प्रतिनिधि लिला नन्द चौधरी , गोपाल राज सुवेदी, अशोक थापा, सुदिप प्रजापति, ज्ञानप्रसाद भुसाल, नवराज न्याैपाने, गणेश पोखरेल लगायत उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology