Logo

२०८३, आश्विन १०गते


images
images

तिलोत्तमा नगरपालिकाको दोस्रो अधिबेशनको सुरु

तिलोत्तमा नगरपालिकाको दोस्रो अधिबेशनको सुरु

images
  • तिलोत्तमा नगरपालिकाको दोस्रो अधिबेशनको सुरु
    images
    images

    तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा, दोस्रो अधिबेशनको प्रथम बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न नगरसभाले, नगर उपप्रमुख जगेश्वरदेवि चौधरीबाट प्रस्तुत गरिएको विभिन्न प्रस्ताबमा निर्णय गरेको छ। गरको आर्थिक ऎनको संशोधन, बजेट योजना तथा कार्यक्रम म्याद थप, बेरुजु अनुमोदन तथा एकीकृत सम्पत्ति, घर, जग्गा, बहाल करको दायरा ब्यबसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिबेदन लगायतका निर्णयहरु भएका छन्।

    images
    images
    images

    नगरसभाले तिलोत्तमा नगरपालिकाको आर्थिक ऐनको संशोधन र बजेट योजना तथा कार्यक्रम म्याद थप, बेरुजु अनुमोदन तथा एकीकृत सम्पत्ति,घर, जग्गा, बहाल करको दायरा ब्यबसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिबेदन लगायतका निर्णय सर्व सहमतिमा पारित गरेको छ । 

    images
    images
    images

    नगरसभामा  आएका जिज्ञासा तथा प्रश्नहरुको जवाफ तथा सहजीकरण उपप्रमुख जगेश्वरदेवि चौधरी र नगरप्रमुख रामकृष्ण खाणले गर्नुभएको थियो। नगरसभाले गरेको विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझाव सहित कार्यपालिका सदस्य,  नगरसभाका सदस्यहरुले राख्नुभएको भनाई र नगरको प्रसासनिक नीतिको नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आबश्यक सहजीकरण गरेका थिए   । 

    images
    images
    images

    नगरसभामा सबै वार्ड अध्यक्ष एबम कार्यपालिका सदस्य, नगरासभा सदस्य तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख माधव पोखरेल,लेखा प्रमुख रमेश बश्याल,सूचना प्रबिधि प्रमुख ई सुदिप ढकाल लगायत बिषयगत कर्मचारीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिलोत्तमा नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।