Logo

२०८३, आश्विन १०गते


images
images

तिलोत्तमामा ‘पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम

तिलोत्तमामा ‘पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम

images
  • तिलोत्तमामा ‘पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम
    images
    images

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा हरेक शुक्रबार ‘पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम लागू गरेको छ।

    images
    images
    images

    सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्येक शुक्रबार ‘पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने भएकाले नगरभित्रका विद्यार्थीले हरेक शुक्रबार पाठ्यपुस्तक बोक्नु नपर्ने भएको छ।

    images
    images
    images

    पाठ्यपुस्तकरहित शुक्रबार अन्तर्गत नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई उच्च प्राथमिकता साथ अगाडि बढाउन प्रत्येक शुक्रबार कला, योग शिक्षा, साहित्य, संगीत र खेलकुदका साथै सिर्जनात्मक रूपमा इमानदारी, अनुशासन, सदाचारिता सम्बन्धी व्यावहारिक शिक्षा प्रदान गराउन नगरपालिकाले जोड दिएको हो।

    images
    images
    images

    नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत एवं स्वीकृत गरिएको वार्षिक नीति तथा कार्यक्रममा पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबारलाई नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्येक शुक्रबार पाठ्यपुस्तकरहित सिर्जनात्मक सीप विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख थियो।

    यस्तै नगरपालिकाले सार्वजनिकस्थल तथा विद्यालय आसपास क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरण एवं सेवनमा रोक लगाएको  छ। नगर प्रमुख रामकृष्ण खाँणले जारी गरेको सूचनामा सार्वजनिकस्थल वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइए कारबाही गरिने चेतावनी समेत दिइएको छ।

    ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को व्यवस्थाबमोजिम कसैले पनि शिक्षण संस्था, स्वास्थ्यसम्बन्धी संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिकस्थल लगायत सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिकस्थलबाट कम्तीमा सय मिटरभित्रको घर वा पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने व्यवस्था छ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिलोत्तमा नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।