सरकारले कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती गरेपनि तिलोत्तमा नगरपालिकाले नरोक्ने उनको भनाइ छ । अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकोभन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती गरेको थियो ।
सरकारले आर्थिक वर्ष २०७८र७९ सम्म कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा उपलब्ध गराएको थियो । यस कार्यक्रमलाई विस्तार गर्ने भन्दै आर्थिक वर्ष २०७९/८० देखि भने कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने घोषणा गरेको थियो । तर सोही वर्षको बजेट भाषणमा दिवा खाजाको रकम भने कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै पुग्ने गरी छुट्याएको थियो ।
सरकारले दिवा खाजा कार्यक्रम अनुसार हरेक विद्यार्थीलाई वर्षमा दुई हजार सात सय उपलब्ध गराउँछ। दैनिक १५ रुपियाँको दरले १८० दिनलाई दिइएको दिवा खाजा दिने गरेकोमा तिलोत्तमाले भने दिवा खाजाका लागि २५ रुपयाँ तोकेको छ ।




















.gif)