२० जेठ काठमाडौ- छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रभाव पहिलेको तुलनामा निकै घटेको छ । अघिल्लो महिना दैनिक ४ लाखको हाराहारीमा संक्रमित थपिएकोमा अहिले दिन प्रतिदिन घट्दै गएको छ । अहिले नयाँ संक्रमित थपिने भन्दा निको हुनेको संख्या धेरै छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३४ हजार १५४ नयाँ संक्रमित भेटिएका छन् भने त्यहाँ २ लाख ११ हजार ४९९ कोरोना जितेर घर फर्किएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल भारतमा संक्रमणको दरभन्दा निको हुने दर बढी छ। त्यहाँ कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्यामा पनि व्यापक कमी आएको छ । गएको २४ घण्टामा २ हजार ८८७ को मृत्यु भएको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology