Logo

२०८३, श्रावण ३०गते


images
images

जसपा टुक्र्याउन ओली सफल

ओली सरकारमा ठाकुर समूहको सत्तारोहण, राजेन्द्र महतो बने उपप्रधानमन्त्री 

ओली सरकारमा ठाकुर समूहको सत्तारोहण, राजेन्द्र महतो बने उपप्रधानमन्त्री 

images
  • ओली सरकारमा ठाकुर समूहको सत्तारोहण, राजेन्द्र महतो बने उपप्रधानमन्त्री 
    फाइल फोटो
    images
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूह सरकारमा जाने भएको छ । ठाकुर मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ ।

    images
    images
    images

    जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्नेछन् ।

    images
    images
    images

    महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

    images
    images
    images

    यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए ।

    जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।