सुमन महतारा, गुल्मी । नेपाल सरकारले सामान्य चिया पसल देखि लिएर कराेडाैंका ठेक्का पट्टामा कर उठाउँदै आएको छ । जस अनुसार गुल्मीमा करकाे दायरामा साना चिया पसले जसले साँझ बिहान चिया नबेची उनिहरुकाे चुलो बाेल्दैन त्यस्ता व्यक्तिले कर तिर्न बाध्य छन । उनीहरुले कर नतिरेको खण्डमा स्थानीय सरकारले चिया पसल नै बन्द गरिदिन्छ ।
यद्यपि गुल्मीमा कतिपय यस्ता गम्भीर प्रकृतिका ब्यबसाय पनि छन् जुन विना दर्ता संचालन गरिदा प्रचलित कानुन आकर्षित हुनुपर्ने हो र पनि निर्बाध चलिरहेका छन् । बातावरणिय सन्तुलनमा गम्भीर प्रभाव पार्ने ढुंगा उत्खनन जस्ता गम्भीर प्रकृतिका कार्यहरू विना स्वीकृति निर्बाध संचालन हुनु र त्यसमा राज्यसंयन्त्रले आँखा चिम्लिनु आफैमा रहस्यको विषय भएको छ ।
भनिन्छ - 'सानालाई ऎन ठुलालाई चैन' एक गाँस खानाको लागि चिया पसल गरेका पसलेले सरकारलाई कर नतिरे पसल बन्द गर्ने सरकारले करोडौं रुपैयाँ लगानीमा सञ्चालन भैरहेका अबैध क्रसर, अबैध गिट्टी बालुवा, ढुङ्गा उत्खनन गरिरहदा राज्यसंयन्त्र किन मौन बस्छ ? जिल्लामा अबैध रुपमा धेरै क्रसर सञ्चालनमा छन् तर यी क्रसर न त जिल्लामा दर्ता छन, न त सरकारलाई कर तिर्छन् । तिर्छन् कसलाई ?
प्रशंङ्ग हो - जिल्लाकाे मालिका गाउँपालिका-५ छापहिले ( छापा) मा अबैध रुपमा जंगल मासेर अबैध ढुङ्गा उत्खनन गरि चाेरि निकासी भैरहेको विषय । "ढुङ्गा झिक्नकाे लागि डाेजर लगाएर बाटो खनिदासम्म पनि स्थानीय सरकार मुखदर्शक बनेर हेरिरह्याे" - स्थानीयवासी केशव आचार्यले बताउँछन ।
यद्यपि दिन रात ट्याक्टरमा अबैध रुपमा ढुङ्गा ओसार पसारमा संलग्नहरु आफुले गरेको अबैध कार्य स्विकार गर्न तयार छैनन् । तिनै मध्यका एक गाेविन्द विकले आफूले त्यसप्रकारको कार्य गर्दै नगरेको र आफुलाई स्थानीयले आरोप मात्र लगाएको जिकिर गर्छन् ।
दुई बर्षसम्म यसरी अबैध रुपमा सयौँ ट्याक्टर ढुङ्गा उत्खनन गरिरहदा सरकार मुखदर्शक बनेकाे स्थानीय रेशम गिरिले बताएका छन् । के का लागि अबैध ढुङ्गा उत्खनन गरिएको भन्ने बिषयमा भने काेहि जानकार नभएको उनको भनाइ छ ।
यता, गाउँपालिका भने यस बिषयमा जानकारी नभएको र त्यस्तो पाईए अबैध धन्दामा संलग्न व्यक्तिलाई कार्बाही गरिने बताउँछ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारी भन्छन् - "त्यस्तो जानकारीमा आएको छैन, सूचना प्राप्त भयो र अवैध कार्य गरेको पाइयो भने कार्वाही गरिन्छ ।" यसबारे आवश्यक छानबिन गरेर कार्वाही गरिने भण्डारीको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology